काठमाडौं : शिव श्री हाइड्रोपावर लिमिटेडले आफ्नो वार्षिक साधारण सभा असार ८ गते बोलाएको छ। सभा काठमाडौंको अनुपम फुडल्याण्ड एन्ड ब्यांकेटमा बिहान ११ बजेबाट सुरु हुनेछ। सभामा आर्थिक वर्ष २०८०–८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा–नोक्सान लगायतका वित्तीय विवरणमाथि छलफल गरिनेछ। साथै, आर्थिक वर्ष २०८१–८२ का लागि लेखापरीक्षक नियुक्ति तथा उनको पारिश्रमिक निर्धारण गर्ने […]
काठमाडौं : शिव श्री हाइड्रोपावर लिमिटेडले आफ्नो वार्षिक साधारण सभा असार ८ गते बोलाएको छ। सभा काठमाडौंको अनुपम फुडल्याण्ड एन्ड ब्यांकेटमा बिहान ११ बजेबाट सुरु हुनेछ।
सभामा आर्थिक वर्ष २०८०–८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा–नोक्सान लगायतका वित्तीय विवरणमाथि छलफल गरिनेछ। साथै, आर्थिक वर्ष २०८१–८२ का लागि लेखापरीक्षक नियुक्ति तथा उनको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पेश गरिनेछ। यस्तै, सभाले नयाँ सञ्चालक समेत चयन गर्नेछ।
सभा प्रयोजनका लागि कम्पनीले जेठ ३० गते बुक क्लोज गर्नेछ। त्यसैले, जेठ २९ गतेसम्म नाम कायम रहेका सेयरधनीहरू मात्र सभामा सहभागी हुन योग्य हुनेछन्।
Share your thoughts to keep the conversation going.
Be the first to comment.