सीएसआर कोष व्यवस्थित गर्न राष्ट्र बैंकको मार्गदर्शन: १ वर्षभित्र ६०% रकम खर्च गर्नुपर्ने

काठमाडौं: बैंक तथा वित्तीय संस्थाको संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) कोषलाई व्यवस्थित गर्न नेपाल राष्ट्र बैंकले नयाँ मार्गदर्शन जारी गरेको छ। यसअघि एकीकृत निर्देशनमार्फत सञ्चालन हुँदै आएको सीएसआर कोष अब मार्गदर्शनअनुसार व्यवस्थापन गरिनेछ। नयाँ मार्गदर्शनअनुसार, बैंकहरूले प्रत्येक आर्थिक वर्षको वित्तीय विवरण स्वीकृत भइसकेपछि मुनाफाबाट कोषमा जम्मा भएको रकमको कम्तीमा ६० प्रतिशत सोही आर्थिक वर्षभित्र खर्च गर्नुपर्नेछ। […]

काठमाडौं: बैंक तथा वित्तीय संस्थाको संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) कोषलाई व्यवस्थित गर्न नेपाल राष्ट्र बैंकले नयाँ मार्गदर्शन जारी गरेको छ। यसअघि एकीकृत निर्देशनमार्फत सञ्चालन हुँदै आएको सीएसआर कोष अब मार्गदर्शनअनुसार व्यवस्थापन गरिनेछ।

नयाँ मार्गदर्शनअनुसार, बैंकहरूले प्रत्येक आर्थिक वर्षको वित्तीय विवरण स्वीकृत भइसकेपछि मुनाफाबाट कोषमा जम्मा भएको रकमको कम्तीमा ६० प्रतिशत सोही आर्थिक वर्षभित्र खर्च गर्नुपर्नेछ।

बैंकको सञ्चालक समितिले संस्थागत सामाजिक उत्तरदायित्वसम्बन्धी विविध कार्यक्रम सञ्चालन गर्न र कोषको व्यवस्थापनका लागि कार्यविधि बनाउने व्यवस्था गरिएको छ। बैंकहरूले शिक्षा, स्वास्थ्य, मानविय सहायता तथा राहत, वातावरण संरक्षण, वित्तीय साक्षरता र दिगो विकास लक्ष्यका परियोजनाहरूमा सीएसआर कोष खर्च गर्न सक्नेछन्।

त्यसैगरी, वाणिज्य बैंक तथा राष्ट्रिय स्तरका वित्तीय संस्थाहरूले सीएसआर कोषमा छुट्याइएको रकम प्रत्येक प्रदेशमा न्यूनतम १० प्रतिशत हुनेगरी वितरण गर्नुपर्नेछ। मार्गदर्शन जारी भइसकेपछि स्वीकृत हुने संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमहरूमा मात्र यो व्यवस्था लागू हुनेछ।

News Detail Ad 1
Comments

Join the discussion

Share your thoughts to keep the conversation going.

Be the first to comment.

SMS Pack Nepse Data Analytics Super Madi IPO Click Here Ajna L Stock Market Training MediQ
Just In