सिक्लेस हाइड्रोपावर र ICFC फाइनान्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम अवसर

दुई कम्पनी—सिक्लेस हाइड्रोपावर (SIKLES) र आइसिएफसि फाइनान्स (ICFC)—को लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन परेको छ। मंसिर १८ गते उधौली पर्व तथा योमरी पुन्हीको सार्वजनिक बिदा परेकाले, आज नेप्सेमा कारोबार भई नाम दर्ता भएका शेयरधनीहरूले मात्र यी कम्पनीहरूको साधारण सभामा सहभागी हुने र प्रस्तावित लाभांश प्राप्त गर्ने हक सुरक्षित गर्न सक्नेछन्। सिक्लेस हाइड्रोपावरले मंसिर १८ […]

दुई कम्पनी—सिक्लेस हाइड्रोपावर (SIKLES) र आइसिएफसि फाइनान्स (ICFC)—को लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन परेको छ। मंसिर १८ गते उधौली पर्व तथा योमरी पुन्हीको सार्वजनिक बिदा परेकाले, आज नेप्सेमा कारोबार भई नाम दर्ता भएका शेयरधनीहरूले मात्र यी कम्पनीहरूको साधारण सभामा सहभागी हुने र प्रस्तावित लाभांश प्राप्त गर्ने हक सुरक्षित गर्न सक्नेछन्।

सिक्लेस हाइड्रोपावरले मंसिर १८ गते बुकक्लोज गर्नेछ भने आइसिएफसि फाइनान्सले मंसिर १९ गते एक दिनका लागि बुकक्लोज गर्ने निर्णय गरेको छ।

सिक्लेसले आगामी मंसिर २९ गते, सोमबार, पोखरा–घारीपाटनस्थित आभ्या क्लबमा बिहान ११ बजे २० औँ र २१ औँ वार्षिक साधारण सभा बोलाएको छ। सभामा १५% बोनस शेयर, कर प्रयोजनार्थ ०.७८९% नगद लाभांश, बोनसपछि १:१ हकप्रद जारी गर्ने विशेष प्रस्तावलगायत प्रबन्धपत्र/नियमावली संशोधन तथा सञ्चालक समिति चयनजस्ता एजेन्डा प्रस्तुत गरिनेछ।

त्यस्तै, आइसिएफसि फाइनान्सले पनि मंसिर २९ गते, सोमबार, बौद्ध हेरिटेज, काठमाडौँमा २२ औँ वार्षिक साधारण सभा आह्वान गरेको छ। सभामा १५.७८९५% नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्तावसँगै प्रबन्धपत्र/नियमावली संशोधन तथा लेखापरीक्षक नियुक्तिका एजेन्डा पारित गरिनेछन्।

आजको दिन यी दुवै कम्पनीका लगानीकर्ताका लागि लाभांश सुरक्षित गर्ने अन्तिम मौका बनेको छ।

News Detail Ad 1
Comments

Join the discussion

Share your thoughts to keep the conversation going.

Be the first to comment.

SMS Pack Nepse Data Analytics Super Madi IPO Click Here Ajna L Stock Market Training MediQ
Just In