सिंगटी हाइड्रो इनर्जी लिमिटेड (SHEL) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव पारित गर्न पुस २१ गते, सोमबार, आफ्नो सोह्रौँ वार्षिक साधारण सभा बोलाएको छ। सभा काठमाडौँको धुम्बाराहीस्थित धुम्रबराह भेन्युमा बिहान ११ बजे सुरु हुनेछ। सभामा कम्पनीले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनस शेयर वितरण गर्ने विशेष प्रस्ताव पेश गर्नेछ। साथै, […]
सिंगटी हाइड्रो इनर्जी लिमिटेड (SHEL) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव पारित गर्न पुस २१ गते, सोमबार, आफ्नो सोह्रौँ वार्षिक साधारण सभा बोलाएको छ। सभा काठमाडौँको धुम्बाराहीस्थित धुम्रबराह भेन्युमा बिहान ११ बजे सुरु हुनेछ।
सभामा कम्पनीले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनस शेयर वितरण गर्ने विशेष प्रस्ताव पेश गर्नेछ। साथै, बोनस शेयर वितरणपछि कायम हुने चुक्ता पूँजीको शतप्रतिशत हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव पनि सभामा प्रस्तुत गरिनेछ।
यसका अतिरिक्त, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने, नयाँ आयोजनाहरूको अध्ययन गरी लगानी गर्ने, लगानी गरिने आयोजनामा कर्पोरेट बैंक ग्यारेन्टी प्रदान गर्ने, तथा लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरू पनि साधारण सभामा छलफल तथा पारित गरिनेछन्।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले पुस ७ गते बुकक्लोज गर्ने जनाएको छ। यस अनुसार पुस ६ गतेसम्म नेप्सेमा कारोबार भई कायम रहेका शेयरधनीहरू मात्र साधारण सभामा सहभागी हुन तथा प्रस्तावित लाभांश प्राप्त गर्न योग्य हुनेछन्।
Share your thoughts to keep the conversation going.
Be the first to comment.