सगरमाथा जलविद्युत कम्पनीले १०० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने, बोर्डसँग माग्यो अनुमति

काठमाडौं : सगरमाथा जलविद्युत कम्पनी लिमिटेडले १०० प्रतिशत हकप्रद सेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डमा अनुमति मागेको छ । कम्पनीले १ करोड १७ लाख ३२ हजार कित्ता हकप्रद सेयर जारी गर्नका लागि निवेदन दिएको हो । यस कार्यका लागि कम्पनीले एनएमबि क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धकको रूपमा नियुक्त गरेको छ । हाल कम्पनीको चुक्ता पुँजी १ […]

काठमाडौं : सगरमाथा जलविद्युत कम्पनी लिमिटेडले १०० प्रतिशत हकप्रद सेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डमा अनुमति मागेको छ । कम्पनीले १ करोड १७ लाख ३२ हजार कित्ता हकप्रद सेयर जारी गर्नका लागि निवेदन दिएको हो ।

यस कार्यका लागि कम्पनीले एनएमबि क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धकको रूपमा नियुक्त गरेको छ ।

हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब १७ करोड ३२ लाख रुपैयाँ छ । कम्पनीले १ः१ अनुपातमा हकप्रद सेयर जारी गर्ने भएकोले निष्कासनपछि यसको पुँजी २ अर्ब ३४ करोड ६४ लाख रुपैयाँ पुग्नेछ ।

News Detail Ad 1
Comments

Join the discussion

Share your thoughts to keep the conversation going.

Be the first to comment.

SMS Pack Nepse Data Analytics Super Madi IPO Click Here Ajna L Stock Market Training MediQ
Just In