काठमाडौं : सगरमाथा लुम्बिनी इन्सुरेन्सले वैशाख २८ गते आफ्नो वार्षिक साधारण सभा आयोजना गर्न लागेको छ। यो सभा रानीमहल बैंक्वेट प्रालि, ज्ञानेश्वर, काठमाडौंमा बिहान १० बजे सुरु हुनेछ। साधारण सभाले १५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। सभामा कम्पनीको आर्थिक वर्ष २०८०–८१ को वार्षिक प्रतिवेदन, नाफा–नोक्सान र नगद प्रवाहबारे पनि छलफल गरिने छ। […]
काठमाडौं : सगरमाथा लुम्बिनी इन्सुरेन्सले वैशाख २८ गते आफ्नो वार्षिक साधारण सभा आयोजना गर्न लागेको छ। यो सभा रानीमहल बैंक्वेट प्रालि, ज्ञानेश्वर, काठमाडौंमा बिहान १० बजे सुरु हुनेछ। साधारण सभाले १५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ।
सभामा कम्पनीको आर्थिक वर्ष २०८०–८१ को वार्षिक प्रतिवेदन, नाफा–नोक्सान र नगद प्रवाहबारे पनि छलफल गरिने छ। साथै, आर्थिक वर्ष २०८१–८२ का लागि लेखापरीक्षकको नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने विषय पनि एजेन्डामा समावेश हुनेछ।
सभा र लाभांश वितरणको लागि कम्पनीले वैशाख १७ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। सभामा भाग लिनका लागि सेयरधनीलाई वैशाख १६ गतेसम्म कायम हुनु पर्नेछ।
Share your thoughts to keep the conversation going.
Be the first to comment.