काठमाडौं : सगरमाथा लुम्बिनी इन्सुरेन्सले वार्षिक साधारण सभा वैशाख २८ गते बोलाएको छ। उक्त सभा बिहान १० बजे रानीमहल बैंक्वेट प्रालि, ज्ञानेश्वर, काठमाडौंमा सुरु हुनेछ। सभामा कम्पनीले आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन, नाफा–नोक्सान विवरण तथा नगद प्रवाह सम्बन्धी विषयमा छलफल गर्नेछ। साथै, कम्पनीले १५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि पारित गर्नेछ। आर्थिक […]
काठमाडौं : सगरमाथा लुम्बिनी इन्सुरेन्सले वार्षिक साधारण सभा वैशाख २८ गते बोलाएको छ। उक्त सभा बिहान १० बजे रानीमहल बैंक्वेट प्रालि, ज्ञानेश्वर, काठमाडौंमा सुरु हुनेछ।
सभामा कम्पनीले आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन, नाफा–नोक्सान विवरण तथा नगद प्रवाह सम्बन्धी विषयमा छलफल गर्नेछ। साथै, कम्पनीले १५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि पारित गर्नेछ। आर्थिक वर्ष २०८१/८२ का लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारणसम्बन्धी एजेन्डा पनि सभामा समावेश गरिएको छ।
साधारण सभा र लाभांश वितरणको प्रयोजनका लागि कम्पनीले वैशाख १७ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। तसर्थ, वैशाख १६ गतेसम्म सेयरधनी कायम रहने व्यक्तिहरूले मात्र सभामा सहभागिता जनाउन सक्नेछन्।
Share your thoughts to keep the conversation going.
Be the first to comment.