सागर डिष्टिलरी लिमिटेड (SAGAR) ले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरणले कम्पनीको व्यवसायिक गतिमा उल्लेख्य सुधार देखाए पनि नोक्सानीबाट भने कम्पनी पूर्णरूपमा बाहिर निस्कन नसकेको संकेत गर्छ। कम्पनीले असोज मसान्तसम्ममा २ करोड ७६ लाख रुपैयाँ खुद बिक्री आम्दानी गरेको छ, जुन गत वर्षको सोही अवधिको तुलनामा १३५.१७ प्रतिशत वृद्धि […]
सागर डिष्टिलरी लिमिटेड (SAGAR) ले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरणले कम्पनीको व्यवसायिक गतिमा उल्लेख्य सुधार देखाए पनि नोक्सानीबाट भने कम्पनी पूर्णरूपमा बाहिर निस्कन नसकेको संकेत गर्छ।
कम्पनीले असोज मसान्तसम्ममा २ करोड ७६ लाख रुपैयाँ खुद बिक्री आम्दानी गरेको छ, जुन गत वर्षको सोही अवधिको तुलनामा १३५.१७ प्रतिशत वृद्धि हो। गत वर्ष यस अवधिसम्म यो रकम १ करोड १७ लाख रुपैयाँ मात्र थियो।
आम्दानी बढे अनुसार नोक्सानीमा पनि कमी आएको छ। गत आर्थिक वर्षको पहिलो त्रैमासमा १ करोड ७५ लाख रुपैयाँ नोक्सानीमा रहेको कम्पनी, यो वर्ष त्यही अवधिसम्म १ करोड ५३ लाख रुपैयाँ नोक्सानीमा सीमित भएको छ। आय–व्यय सुधारसँगै कम्पनीको कुल नाफा १९८.८८ प्रतिशत बढेको छ भने सञ्चालन आम्दानी ५.१० प्रतिशत वृद्धिमा रहेको छ।
तर, अझै पनि कम्पनीको प्रतिशेयर आम्दानी (EPS) ऋणात्मक अवस्थामै छ। असोज मसान्तसम्म EPS ८ रुपैयाँ ४४ पैसा ऋणात्मक रहेको जबकि प्रतिशेयर नेटवर्थ १०३ रुपैयाँ ४७ पैसा रहेको छ।
आईपीओ मार्फत चुक्ता पूँजी ७२ करोड ६० लाख रुपैयाँ पुर्याएको कम्पनीको अन्य इक्विटी २१ करोड ८६ लाख रुपैयाँ छ।
सागर डिष्टिलरीको आम्दानीमा देखिएको तीव्र सुधार सकारात्मक भए पनि नोक्सानी घटाउने क्षमता आगामी त्रैमासिक नतिजाले अझ स्पष्ट पार्नेछ।
Share your thoughts to keep the conversation going.
Be the first to comment.