सागर डिष्टिलरीको बिक्री बढ्यो

सागर डिष्टिलरी लिमिटेड (SAGAR) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार कम्पनीको बिक्री आम्दानी गत आर्थिक वर्षको सोही अवधिको तुलनामा उल्लेख्य रूपमा बढेको देखिएको छ। गत आर्थिक वर्षको पुस मसान्तसम्ममा ५ करोड ९९ लाख रुपैयाँ बिक्री आम्दानी गरेको कम्पनीले चालु आर्थिक वर्षको सोही अवधिसम्ममा १२ करोड ९१ लाख […]

सागर डिष्टिलरी लिमिटेड (SAGAR) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार कम्पनीको बिक्री आम्दानी गत आर्थिक वर्षको सोही अवधिको तुलनामा उल्लेख्य रूपमा बढेको देखिएको छ।

गत आर्थिक वर्षको पुस मसान्तसम्ममा ५ करोड ९९ लाख रुपैयाँ बिक्री आम्दानी गरेको कम्पनीले चालु आर्थिक वर्षको सोही अवधिसम्ममा १२ करोड ९१ लाख रुपैयाँ आम्दानी गरेको छ। समीक्षा अवधिमा कम्पनीको आम्दानी ११५.४१ प्रतिशतले वृद्धि भएको हो। त्यस्तै, कम्पनीको खुद बिक्री आम्दानी ११७.८१ प्रतिशतले बढेको छ भने कुल नाफा १००.५४ प्रतिशतले वृद्धि भएको छ।

यद्यपि आम्दानी बढेपनि कम्पनीको नोक्सानी भने उल्लेख्य रूपमा बढेको छ। गत आर्थिक वर्षको पहिलो ६ महिनासम्म १ करोड ५३ लाख रुपैयाँ नोक्सानीमा रहेको कम्पनी चालु आर्थिक वर्षको सोही अवधिसम्ममा २ अर्ब ६१ करोड रुपैयाँ नोक्सानीमा पुगेको छ। कम्पनीको खर्च वृद्धि भएका कारण नोक्सानी बढ्न पुगेको जनाइएको छ।

७२ करोड ६० लाख रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको अन्य इक्विटीमा २० करोड ५७ लाख रुपैयाँ सञ्चित रहेको छ। समीक्षा अवधिसम्म कम्पनीको प्रतिशेयर आम्दानी (EPS) ७ रुपैयाँ २१ पैसा ऋणात्मक रहेको छ भने प्रतिशेयर नेटवर्थ १२८ रुपैयाँ ३४ पैसा रहेको छ।

News Detail Ad 1
Comments

Join the discussion

Share your thoughts to keep the conversation going.

Be the first to comment.

SMS Pack Nepse Data Analytics IPO Click Here Ajna L Stock Market Training MediQ
Trending News
  • No trending articles available

Just In