काठमाडौं : अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि प्रदेश सरकारलाई उपलब्ध गराउने अनुमानित राजस्व बाँडफाँटको विवरण सार्वजनिक गरेको छ। संघीय सरकारले आगामी आर्थिक वर्षमा प्रदेशहरूलाई कुल ७८ अर्ब ८ करोड ५० लाख रुपैयाँ प्रदान गर्नेछ। यसअनुसार, सबैभन्दा बढी कोशी प्रदेशले १२ अर्ब ३९ करोड ६० लाख रुपैयाँ प्राप्त गर्ने अनुमान गरिएको छ। त्यस्तै, […]
काठमाडौं : अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि प्रदेश सरकारलाई उपलब्ध गराउने अनुमानित राजस्व बाँडफाँटको विवरण सार्वजनिक गरेको छ। संघीय सरकारले आगामी आर्थिक वर्षमा प्रदेशहरूलाई कुल ७८ अर्ब ८ करोड ५० लाख रुपैयाँ प्रदान गर्नेछ।
यसअनुसार, सबैभन्दा बढी कोशी प्रदेशले १२ अर्ब ३९ करोड ६० लाख रुपैयाँ प्राप्त गर्ने अनुमान गरिएको छ। त्यस्तै, मधेस प्रदेशले १२ अर्ब ३५ करोड ८४ लाख रुपैयाँ, बाग्मती प्रदेशले ११ अर्ब ५२ करोड ८४ लाख रुपैयाँ, र लुम्बिनी प्रदेशले ११ अर्ब ८६ करोड ५६ लाख रुपैयाँ पाउनेछ।
यसबाहेक, कर्णाली प्रदेशलाई १० अर्ब २७ करोड ३० लाख रुपैयाँ, सुदूरपश्चिम प्रदेशलाई ९ अर्ब ९७ लाख २५ हजार रुपैयाँ, र सबैभन्दा कम गण्डकी प्रदेशलाई ९ अर्ब ७९ करोड ११ लाख रुपैयाँ प्राप्त हुने अनुमान छ।
संघीय सरकारले आन्तरिक उत्पादनमा आधारित मूल्य अभिवृद्धि कर र अन्तःशुल्कबाट उठेको राजस्व प्रदेश तथा स्थानीय तहलाई बाँडफाँट गर्दै आएको छ।
Share your thoughts to keep the conversation going.
Be the first to comment.