सिटिजन्स बैंकको नाफा ६६ करोड १८ लाख, इपीएस कति छ?

काठमाडौं: सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म ६६ करोड १८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन गत वर्षको यसै अवधिको तुलनामा १५.४५ प्रतिशतले कम हो। गत वर्ष यस बैंकले ७८ करोड २७ लाख रुपैयाँ नाफा कमाएको थियो। बैंकको इम्पेयरमेन्ट चार्ज ८५ करोड ९५ लाख रुपैयाँबाट बढेर १ अर्ब ३८ करोड […]

काठमाडौं: सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म ६६ करोड १८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन गत वर्षको यसै अवधिको तुलनामा १५.४५ प्रतिशतले कम हो। गत वर्ष यस बैंकले ७८ करोड २७ लाख रुपैयाँ नाफा कमाएको थियो।

बैंकको इम्पेयरमेन्ट चार्ज ८५ करोड ९५ लाख रुपैयाँबाट बढेर १ अर्ब ३८ करोड ५३ लाख रुपैयाँ पुगेको छ, जसका कारण नाफामा गिरावट आएको हो।

यता, खुद ब्याज आम्दानी २ अर्ब ८३ करोड रुपैयाँबाट बढेर ३ अर्ब ७ करोड रुपैयाँ पुगेको छ। बैंकको चुक्ता पुँजी १४ अर्ब ७६ करोड ९० लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा ७ अर्ब २८ करोड रुपैयाँ जम्मा भएको छ।

बैंकको वितरणयोग्य नाफा १५ करोड ८१ लाख रुपैयाँ रहेको छ। प्रतिसेयर आम्दानी ८.९६ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १५०.३९ रुपैयाँ रहेको छ। एनपीएल ४.८५ प्रतिशतमा पुगेको छ।

Comments

Join the discussion

Share your thoughts to keep the conversation going.

Be the first to comment.

SMS Pack Nepse Data Analytics Super Madi IPO Click Here Stock Market Training
Just In