काठमाडौं: सिटिजन लाइफ इन्सुरेन्सले आगामी चैत १५ गते वार्षिक साधारण सभा गर्ने भएको छ। सभा बिहान ११ बजे, आम्रपाली ब्यांकेट, भाटभटेनी, नक्साल, काठमाडौंमा आयोजना हुनेछ। सभामा कम्पनीले २६.९८ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.४२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नेछ। त्यसैगरी, वार्षिक प्रतिवेदन, नाफा-नोक्सान हिसाब तथा नगद प्रवाह विवरणमा छलफल गरी […]
काठमाडौं: सिटिजन लाइफ इन्सुरेन्सले आगामी चैत १५ गते वार्षिक साधारण सभा गर्ने भएको छ। सभा बिहान ११ बजे, आम्रपाली ब्यांकेट, भाटभटेनी, नक्साल, काठमाडौंमा आयोजना हुनेछ।
सभामा कम्पनीले २६.९८ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.४२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नेछ।
त्यसैगरी, वार्षिक प्रतिवेदन, नाफा-नोक्सान हिसाब तथा नगद प्रवाह विवरणमा छलफल गरी पारित गर्ने एजेन्डा पनि सभामा रहनेछ।
सभा प्रयोजनका लागि कम्पनीले फागुन २८ गते बुक क्लोज गर्ने भएकाले फागुन २७ गतेसम्म कायम रहेका सेयरधनीहरूले मात्र प्रस्तावित लाभांश प्राप्त गर्नेछन्।
Share your thoughts to keep the conversation going.
Be the first to comment.