सिटिजन लाइफ इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज

काठमाडौं – सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको लाभांश सुरक्षित गर्ने आज फागुन २७ गते अन्तिम दिन हो। कम्पनीले भोलि फागुन २८ गते एक दिनका लागि बुक क्लोज गर्ने भएकाले आजसम्म कायम सेयरधनीहरू मात्र लाभांश पाउन र साधारण सभामा सहभागी हुन योग्य हुनेछन्। कम्पनीले आफ्नो आठौँ वार्षिक साधारणसभा चैत १५ गते काठमाडौंको नक्सालस्थित आम्रपाली ब्यांक्वेटमा बिहान ११ […]

काठमाडौं – सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको लाभांश सुरक्षित गर्ने आज फागुन २७ गते अन्तिम दिन हो। कम्पनीले भोलि फागुन २८ गते एक दिनका लागि बुक क्लोज गर्ने भएकाले आजसम्म कायम सेयरधनीहरू मात्र लाभांश पाउन र साधारण सभामा सहभागी हुन योग्य हुनेछन्।

कम्पनीले आफ्नो आठौँ वार्षिक साधारणसभा चैत १५ गते काठमाडौंको नक्सालस्थित आम्रपाली ब्यांक्वेटमा बिहान ११ बजे बोलाएको छ। सभामा २८.४ प्रतिशत लाभांश वितरणको प्रस्ताव पेश हुनेछ, जसमा २६.९८ प्रतिशत बोनस शेयर र १.४२ प्रतिशत नगद लाभांश समावेश छन्।

साथै, कम्पनीको चुक्ता पुँजी ५ अर्ब रुपैयाँ पुग्ने भएकाले प्रबन्ध पत्रमा आवश्यक संशोधन, आर्थिक विवरण स्वीकृति, बाह्य लेखापरीक्षक नियुक्ति र संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत खर्च अनुमोदनसम्बन्धी प्रस्तावहरू सभामा पेश गरिनेछ।

News Detail Ad 1
Comments

Join the discussion

Share your thoughts to keep the conversation going.

Be the first to comment.

SMS Pack Nepse Data Analytics Super Madi IPO Click Here Ajna L Stock Market Training MediQ
Just In