काठमाडौं, चैत १५ – सिटिजन लाइफ इन्सुरेन्सको वार्षिक साधारण सभा चैत १५ गते बस्ने तय भएको छ। सभा काठमाडौंको नक्साल, भाटभटेनीस्थित आम्रपाली ब्यांकेटमा बिहान ११ बजे सुरु हुनेछ। सभामा कम्पनीले सेयरधनीहरूलाई २६.९८ प्रतिशत बोनस सेयर तथा कर प्रयोजनका लागि १.४२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नेछ। त्यसैगरी, वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब, र नगद […]
काठमाडौं, चैत १५ – सिटिजन लाइफ इन्सुरेन्सको वार्षिक साधारण सभा चैत १५ गते बस्ने तय भएको छ। सभा काठमाडौंको नक्साल, भाटभटेनीस्थित आम्रपाली ब्यांकेटमा बिहान ११ बजे सुरु हुनेछ।
सभामा कम्पनीले सेयरधनीहरूलाई २६.९८ प्रतिशत बोनस सेयर तथा कर प्रयोजनका लागि १.४२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नेछ।
त्यसैगरी, वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब, र नगद प्रवाह विवरणमा छलफल गरी पारित गर्ने एजेन्डा पनि सभामा समावेश गरिएको छ।
यसअघि कम्पनीले फागुन २८ गते बुक क्लोज गरिसकेकोले, फागुन २७ गतेसम्म कायम रहेका सेयरधनीहरूले मात्र प्रस्तावित लाभांश प्राप्त गर्न सक्नेछन्।
Share your thoughts to keep the conversation going.
Be the first to comment.