काठमाडौं: स्टान्डर्ड चार्टर्ड बैंकको नाफा घटेसँगै प्रतिसेयर आम्दानी (EPS) पनि घटेको छ। चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म बैंकले २ अर्ब १७ करोड ३७ लाख रुपैयाँ खुद नाफा कमाएको छ, जुन अघिल्लो वर्षको सोही अवधिको २ अर्ब ४४ करोड ७१ लाख रुपैयाँको तुलनामा ११.१७ प्रतिशतले कम हो। खुद ब्याज आम्दानीमा १७.३३ प्रतिशतको गिरावट आएसँगै यो ३ […]
काठमाडौं: स्टान्डर्ड चार्टर्ड बैंकको नाफा घटेसँगै प्रतिसेयर आम्दानी (EPS) पनि घटेको छ। चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म बैंकले २ अर्ब १७ करोड ३७ लाख रुपैयाँ खुद नाफा कमाएको छ, जुन अघिल्लो वर्षको सोही अवधिको २ अर्ब ४४ करोड ७१ लाख रुपैयाँको तुलनामा ११.१७ प्रतिशतले कम हो।
खुद ब्याज आम्दानीमा १७.३३ प्रतिशतको गिरावट आएसँगै यो ३ अर्ब २४ करोड रुपैयाँमा सीमित भएको छ, जसले नाफामा प्रत्यक्ष असर पारेको देखिन्छ। यद्यपि, बैंकले खराब कर्जा २.१४ प्रतिशतबाट घटाएर १.४४ प्रतिशतमा झार्न सफल भएको छ।
बैंकको हालको चुक्ता पुँजी १० अर्ब ४ करोड २३ लाख रुपैयाँ छ भने जगेडा कोषमा ९ अर्ब ४२ करोड रुपैयाँ रहेको छ। प्रतिसेयर आम्दानी ५ रुपैयाँ ७४ पैसाले घट्दै २८ रुपैयाँ ८६ पैसामा झरेको छ, जबकि प्रतिसेयर नेटवर्थ २०८ रुपैयाँ ४० पैसामा कायम छ।
Share your thoughts to keep the conversation going.
Be the first to comment.