स्ट्याण्डर्ड चार्टर्ड बैंक (SCB) को प्रस्तावित लाभांश प्राप्त गर्ने अन्तिम मौका आज रहेको छ। बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ भोली (मंसिर १६) बुकक्लोज गर्ने भएकाले आजसम्म नेप्सेमा कारोबार भई नाम दर्ता भएका शेयरधनीले लाभांश तथा सभामा सहभागिताको अधिकार सुरक्षित गर्न सक्नेछन्। बैंकले आउँदो मंसिर २९ गते, सोमबार, काठमाडौंको भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा ३९औँ […]
स्ट्याण्डर्ड चार्टर्ड बैंक (SCB) को प्रस्तावित लाभांश प्राप्त गर्ने अन्तिम मौका आज रहेको छ। बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ भोली (मंसिर १६) बुकक्लोज गर्ने भएकाले आजसम्म नेप्सेमा कारोबार भई नाम दर्ता भएका शेयरधनीले लाभांश तथा सभामा सहभागिताको अधिकार सुरक्षित गर्न सक्नेछन्।
बैंकले आउँदो मंसिर २९ गते, सोमबार, काठमाडौंको भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा ३९औँ वार्षिक साधारण सभा आह्वान गरेको छ। बिहान १० बजे सुरु हुने सभाले हाल कायम चुक्ता पूँजीमा १९% दरको नगद लाभांश (करसहित) पारित गर्नेछ।
यसबाहेक प्रबन्धपत्र–नियमावली संशोधन, सञ्चालक समितिलाई आवश्यक अख्तियारी प्रदान गर्ने, आगामी वर्षका लागि लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रमुख प्रस्तावहरू पनि सभामा प्रस्तुत गरिनेछन्।
Share your thoughts to keep the conversation going.
Be the first to comment.