स्टार माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडले आउँदो वैशाख २९ गते, दिउँसो १ बजे जनकपुरस्थित कम्पनीको रजिष्टर्ड कार्यालयमा दोस्रो वार्षिक साधारणसभा आयोजना गर्ने भएको छ। सभाको मिति कम्पनीको सञ्चालक समितिको वैशाख ७ गते बसेको बैठकले निर्धारण गरेको हो। सभामा आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ। त्यसका साथै लेखापरीक्षकको प्रतिवेदनसहित वासलात, नाफा-नोक्सान हिसाब, नगद […]
स्टार माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडले आउँदो वैशाख २९ गते, दिउँसो १ बजे जनकपुरस्थित कम्पनीको रजिष्टर्ड कार्यालयमा दोस्रो वार्षिक साधारणसभा आयोजना गर्ने भएको छ। सभाको मिति कम्पनीको सञ्चालक समितिको वैशाख ७ गते बसेको बैठकले निर्धारण गरेको हो।
सभामा आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ। त्यसका साथै लेखापरीक्षकको प्रतिवेदनसहित वासलात, नाफा-नोक्सान हिसाब, नगद प्रवाह विवरण र सम्बन्धित अनुसूचीहरू समावेश गरिएको वित्तीय विवरणमा पनि छलफल गरी अनुमोदन गरिनेछ।
त्यस्तै, कम्पनी ऐन, २०६३ को दफा १११ अनुसार आर्थिक वर्ष २०८१/८२ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव, स्वतन्त्र सञ्चालकको नियुक्ति तथा अन्य विविध विषयहरू पनि सभाले अनुमोदन गर्नेछ।
साधारण सभामा सहभागी हुन चाहने सेयरधनीहरूलाई कुनै एक आधिकारिक परिचयपत्र अनिवार्य रूपमा साथमा ल्याउन कम्पनीले अनुरोध गरेको छ।
Share your thoughts to keep the conversation going.
Be the first to comment.