काठमाडौं: सिटी होटल लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म १० करोड ४९ लाख रुपैयाँ खुद घाटा व्यहोरेको छ। अघिल्लो वर्ष सोही अवधिमा कम्पनीको घाटा ११ करोड ७९ लाख रुपैयाँ थियो, जसअनुसार यस वर्ष घाटा केही कम भएको छ। होटलको वित्तीय खर्च १७ करोड ४८ लाख रुपैयाँबाट घटेर १४ करोड २८ लाख रुपैयाँमा झरेको छ, जसका […]
काठमाडौं: सिटी होटल लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म १० करोड ४९ लाख रुपैयाँ खुद घाटा व्यहोरेको छ। अघिल्लो वर्ष सोही अवधिमा कम्पनीको घाटा ११ करोड ७९ लाख रुपैयाँ थियो, जसअनुसार यस वर्ष घाटा केही कम भएको छ।
होटलको वित्तीय खर्च १७ करोड ४८ लाख रुपैयाँबाट घटेर १४ करोड २८ लाख रुपैयाँमा झरेको छ, जसका कारण घाटा केही कम भएको हो। तर, सञ्चालन आम्दानी २४ करोड ३० लाख रुपैयाँबाट घटेर २३ करोड ५७ लाख रुपैयाँमा सीमित भएको छ।
यसैगरी, कुल आम्दानी २७ करोड ८५ लाख रुपैयाँबाट घटेर २५ करोड ७१ लाख रुपैयाँमा पुगेको छ। १ अर्ब ६७ करोड ४० लाख रुपैयाँ चुक्ता पुँजी रहेको सिटी होटलको अन्य इक्विटी २६ करोड ७१ लाख रुपैयाँ ऋणात्मक छ। कम्पनीको प्रतिसेयर नोक्सानी ६.२७ रुपैयाँ ऋणात्मक रहेको छ भने प्रतिसेयर नेटवर्थ ८४.२० रुपैयाँ कायम छ।
Share your thoughts to keep the conversation going.
Be the first to comment.