सिटि होटल लिमिटेड (CITY) ले आज कात्तिक २३ गतेदेखि अवितरित हकप्रद शेयर लिलाम बिक्री प्रक्रिया सुरु गरेको छ। कम्पनीले १ बराबर ०.८० अनुपातमा निष्काशन गरेको हकप्रदमा आवेदन नपरेका २१ लाख ५० हजार ४१८ कित्ता शेयर गोप्य शिलबन्दी बोलपत्रमार्फत बिक्रीमा ल्याएको हो। यीमध्ये संस्थापक समूहका १९ लाख ८९ हजार ९९९ कित्ता, कर्मचारीका ६ हजार कित्ता, र […]
सिटि होटल लिमिटेड (CITY) ले आज कात्तिक २३ गतेदेखि अवितरित हकप्रद शेयर लिलाम बिक्री प्रक्रिया सुरु गरेको छ। कम्पनीले १ बराबर ०.८० अनुपातमा निष्काशन गरेको हकप्रदमा आवेदन नपरेका २१ लाख ५० हजार ४१८ कित्ता शेयर गोप्य शिलबन्दी बोलपत्रमार्फत बिक्रीमा ल्याएको हो।
यीमध्ये संस्थापक समूहका १९ लाख ८९ हजार ९९९ कित्ता, कर्मचारीका ६ हजार कित्ता, र सर्वसाधारण समूहका १ लाख ५४ हजार ४१९ कित्ता रहेका छन्।
लिलामका लागि कात्तिक ३० गतेसम्म आवेदन दिन सकिनेछ। प्रतिकित्ता न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ र लगानीकर्ताले सो वा सोभन्दा बढी मूल्य अंकित गरी न्यूनतम १०० कित्ताबाट आवेदन दिन सक्नेछन्।
शेयर बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ, र आवेदन प्रभु क्यापिटलका साथै प्रभु बैंकका विराटनगर, हेटौँडा, वीरगंज, पोखरा, बुटवल, सुर्खेत र धनगढी शाखाबाट पनि दिन सकिनेछ।
Share your thoughts to keep the conversation going.
Be the first to comment.