काठमाडौं: सिद्धार्थ प्रिमियर इन्सुरेन्सको लाभांश सुरक्षित गर्ने अन्तिम मिति आज फागुन १ गते बिहीबार रहेको छ। कम्पनीले साधारण सभा तथा लाभांश प्रयोजनका लागि फागुन २ गते बुक क्लोज गर्ने भएकोले, फागुन १ गतेसम्म कायम रहने सेयरधनीहरू मात्र सभामा सहभागी हुन र प्रस्तावित लाभांश प्राप्त गर्न योग्य हुनेछन्। इन्सुरेन्सले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरूलाई करसहित ३० […]
काठमाडौं: सिद्धार्थ प्रिमियर इन्सुरेन्सको लाभांश सुरक्षित गर्ने अन्तिम मिति आज फागुन १ गते बिहीबार रहेको छ। कम्पनीले साधारण सभा तथा लाभांश प्रयोजनका लागि फागुन २ गते बुक क्लोज गर्ने भएकोले, फागुन १ गतेसम्म कायम रहने सेयरधनीहरू मात्र सभामा सहभागी हुन र प्रस्तावित लाभांश प्राप्त गर्न योग्य हुनेछन्।
इन्सुरेन्सले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरूलाई करसहित ३० प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ। उक्त लाभांश अनुमोदन गर्न कम्पनीले फागुन १५ गते वार्षिक साधारण सभा आह्वान गरेको छ। सभा लिसारा रिसेप्सन, नक्साल, काठमाडौंमा बिहान १०:३० बजे सुरु हुनेछ।
Share your thoughts to keep the conversation going.
Be the first to comment.