काठमाडौं: सिद्धार्थ बैंकले आफ्ना संस्थापक सेयरधनीहरुको नाममा रहेको ३ लाख ९१ हजार कित्ता संस्थापक सेयर बिक्रीका लागि खुला गरेको छ। हाललाई यी सेयरमा आवेदन दिने अधिकार सिद्धार्थ बैंककै संस्थापक सेयरधनीहरुसँग मात्र रहनेछ। सेयरको मूल्य भने तोकिएको छैन। सेयर किन्न इच्छुक संस्थापक सेयरधनीले आज (वैशाख १७ गते) देखि ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय, नक्साल, काठमाडौंमा आफूले […]
काठमाडौं: सिद्धार्थ बैंकले आफ्ना संस्थापक सेयरधनीहरुको नाममा रहेको ३ लाख ९१ हजार कित्ता संस्थापक सेयर बिक्रीका लागि खुला गरेको छ। हाललाई यी सेयरमा आवेदन दिने अधिकार सिद्धार्थ बैंककै संस्थापक सेयरधनीहरुसँग मात्र रहनेछ। सेयरको मूल्य भने तोकिएको छैन।
सेयर किन्न इच्छुक संस्थापक सेयरधनीले आज (वैशाख १७ गते) देखि ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय, नक्साल, काठमाडौंमा आफूले किन्न चाहेको सेयरको संख्या उल्लेख गरेर निवेदन दिनुपर्नेछ।
तोकिएको अवधिभित्र कुनै संस्थापकबाट आवेदन नआएमा यी सेयर सर्वसाधारण लगानीकर्ताका लागि पनि खुला गरिने बैंकले जनाएको छ।
Share your thoughts to keep the conversation going.
Be the first to comment.