काठमाडौं: सुनको मूल्य आज रेकर्ड उच्च स्तरबाट केही घटेको छ। नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार, शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँले घटेर १ लाख ७५ हजार रुपैयाँमा पुगेको छ। यसअघि, बुधबार सुनको मूल्य हालसम्मकै उच्च १ लाख ७६ हजार रुपैयाँ पुगेको थियो, जुन बिहीबार पनि स्थिर रह्यो। त्यस्तै, आज चाँदीको मूल्य पनि प्रतितोला […]
काठमाडौं: सुनको मूल्य आज रेकर्ड उच्च स्तरबाट केही घटेको छ। नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार, शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँले घटेर १ लाख ७५ हजार रुपैयाँमा पुगेको छ। यसअघि, बुधबार सुनको मूल्य हालसम्मकै उच्च १ लाख ७६ हजार रुपैयाँ पुगेको थियो, जुन बिहीबार पनि स्थिर रह्यो।
त्यस्तै, आज चाँदीको मूल्य पनि प्रतितोला ३५ रुपैयाँले घटेर १,९९५ रुपैयाँ कायम भएको छ। बिहीबार चाँदीको मूल्य प्रतितोला २,०३० रुपैयाँ रहेको थियो।
Share your thoughts to keep the conversation going.
Be the first to comment.