सुनको भाउ लगातार ४ दिन घट्यो, सोमबारको खरिदबिक्री मूल्य कति छ ?

काठमाडौं : सुनको मूल्य लगातार चार दिनसम्म घट्दै गएको छ। पछिल्लो चार दिनमा सुन प्रतितोला २७ सय रुपैयाँले घटेको नेपाल सुन–चाँदी व्यवसायी महासंघले जनाएको छ। सोमबार मात्रै छापावाल सुनको मूल्य प्रतितोला १ हजार ४ सय रुपैयाँले घटेर १ लाख ८८ हजार ३०० रुपैयाँमा कायम भएको छ। यसअघि बिहीबार, शुक्रबार र आइतबार क्रमशः २००, १ हजार […]

काठमाडौं : सुनको मूल्य लगातार चार दिनसम्म घट्दै गएको छ। पछिल्लो चार दिनमा सुन प्रतितोला २७ सय रुपैयाँले घटेको नेपाल सुन–चाँदी व्यवसायी महासंघले जनाएको छ। सोमबार मात्रै छापावाल सुनको मूल्य प्रतितोला १ हजार ४ सय रुपैयाँले घटेर १ लाख ८८ हजार ३०० रुपैयाँमा कायम भएको छ।

यसअघि बिहीबार, शुक्रबार र आइतबार क्रमशः २००, १ हजार र १ सय रुपैयाँले सुनको भाउ घटेको थियो। आइतबार छापावाल सुनको मूल्य १ लाख ८९ हजार ७०० रुपैयाँ रहेको थियो।

त्यस्तै, सोमबार चाँदीको मूल्य पनि घटेको छ। प्रतितोला २० रुपैयाँ घटेर चाँदीको मूल्य १ हजार ९७० रुपैयाँमा झरेको हो। आइतबार चाँदीको मूल्य प्रतितोला १ हजार ९९० रुपैयाँ कायम थियो।

News Detail Ad 1
Comments

Join the discussion

Share your thoughts to keep the conversation going.

Be the first to comment.

SMS Pack Nepse Data Analytics Super Madi IPO Click Here Ajna L Stock Market Training MediQ
Just In