काठमाडौं : सुनको मूल्यले आज पुनः नयाँ रेकर्ड बनाएको छ। नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार (वैशाख ९ गते) छापावाल सुनको मूल्य प्रतितोला ६ हजार ९ सय रुपैयाँले बढेर १ लाख ९७ हजार ९ सय रुपैयाँमा पुगेको हो। यसअघि सोमबार (वैशाख ८ गते) पनि सुनको मूल्यले रेकर्ड तोडेको थियो, जुन दिन छापावाल सुन प्रतितोला १ […]
काठमाडौं : सुनको मूल्यले आज पुनः नयाँ रेकर्ड बनाएको छ। नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार (वैशाख ९ गते) छापावाल सुनको मूल्य प्रतितोला ६ हजार ९ सय रुपैयाँले बढेर १ लाख ९७ हजार ९ सय रुपैयाँमा पुगेको हो।
यसअघि सोमबार (वैशाख ८ गते) पनि सुनको मूल्यले रेकर्ड तोडेको थियो, जुन दिन छापावाल सुन प्रतितोला १ लाख ९१ हजार रुपैयाँमा कारोबार भएको थियो।
सुनको मूल्यवृद्धिको पछाडिको मुख्य कारण अन्तर्राष्ट्रिय बजारमा भएको मूल्य वृद्धिलाई मानिएको छ। विश्लेषकहरूका अनुसार अमेरिका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पका नीतिहरू तथा अन्य अन्तर्राष्ट्रिय राजनीतिक घटनाक्रमहरूले सुनको माग बढाएको र मूल्यमा प्रत्यक्ष असर पारेको बताइएको छ।
त्यस्तै, चाँदीको मूल्य पनि आज तोलामा १० रुपैयाँले बढेर १ हजार ९ सय ७० रुपैयाँमा कायम भएको छ। सोमबार यो मूल्य प्रतितोला १ हजार ९ सय ६० रुपैयाँ थियो।
Share your thoughts to keep the conversation going.
Be the first to comment.