काठमाडौं: सुनको मूल्यले आज नयाँ उचाइ कायम गरेको छ। नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार (चैत ५ गते) छापावाल सुन प्रतितोला १ हजार १०० रुपैयाँले बढेर १ लाख ७५ हजार २०० रुपैयाँ पुगेको छ। यसअघि, चैत १ गते छापावाल सुनको मूल्य प्रतितोला १ लाख ७१ हजार ३०० रुपैयाँ पुग्दै नयाँ रेकर्ड बनाएको थियो। त्यस्तै, अघिल्लो […]
काठमाडौं: सुनको मूल्यले आज नयाँ उचाइ कायम गरेको छ। नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार (चैत ५ गते) छापावाल सुन प्रतितोला १ हजार १०० रुपैयाँले बढेर १ लाख ७५ हजार २०० रुपैयाँ पुगेको छ।
यसअघि, चैत १ गते छापावाल सुनको मूल्य प्रतितोला १ लाख ७१ हजार ३०० रुपैयाँ पुग्दै नयाँ रेकर्ड बनाएको थियो। त्यस्तै, अघिल्लो मंगलबार सुन प्रतितोला १ लाख ৭४ हजार १०० रुपैयाँमा कारोबार भएको थियो।
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेसँगै नेपाली बजारमा पनि नयाँ रेकर्ड कायम भएको हो। अमेरिकी डलरको मूल्यवृद्धि, अन्तर्राष्ट्रिय राजनीतिक घटनाक्रमलगायत कारणले सुनको मूल्य उकालो लागेको सुन विश्लेषकहरू बताउँछन्।
यता, चाँदीको भाउ पनि आज प्रतितोला १० रुपैयाँले बढेर २ हजार ५० रुपैयाँ पुगेको छ, जसअघि सोमबार यसको मूल्य २ हजार ४० रुपैयाँ रहेको थियो।
Share your thoughts to keep the conversation going.
Be the first to comment.