साताको अन्त्यतिर सुनको मूल्यमा ठुलो गिरावट देखिएको छ। शुक्रबार सुनको मूल्य प्रतितोला २९ सय रुपैयाँले घटेर एक लाख ८९ हजार ४ सय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। अघिल्लो दिन प्रतितोला एक लाख ९२ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन शुक्रबार एकैदिन २९ सय रुपैयाँ घटेको हो। चाँदीको मूल्य पनि घटेको […]
साताको अन्त्यतिर सुनको मूल्यमा ठुलो गिरावट देखिएको छ। शुक्रबार सुनको मूल्य प्रतितोला २९ सय रुपैयाँले घटेर एक लाख ८९ हजार ४ सय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
अघिल्लो दिन प्रतितोला एक लाख ९२ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन शुक्रबार एकैदिन २९ सय रुपैयाँ घटेको हो।
चाँदीको मूल्य पनि घटेको छ। अघिल्लो दिनको तुलनामा चाँदी प्रतितोला १० रुपैयाँले घटेर २१ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ।
सुन तथा चाँदीको मूल्यमा आएको गिरावटले सुनचाँदी बजारमा केही समय स्थिरता देखिए पनि अन्तर्राष्ट्रिय बजारको उतारचढावले मूल्य फेरि बदलिने अनुमान गरिएको छ।
Share your thoughts to keep the conversation going.
Be the first to comment.