काठमाडौं – सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ। नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज, बिहीबार (चैत २१ गते), छापावाल सुनको मूल्य प्रतितोला १ हजार १०० रुपैयाँले बढेर १ लाख ८० हजार ३०० रुपैयाँ पुगेको छ। यसअघि, मंगलबार (चैत १९ गते) सुनको भाउले नयाँ रेकर्ड बनाएको थियो, जब छापावाल सुन प्रतितोला १ लाख ७९ हजार […]
काठमाडौं – सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ। नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज, बिहीबार (चैत २१ गते), छापावाल सुनको मूल्य प्रतितोला १ हजार १०० रुपैयाँले बढेर १ लाख ८० हजार ३०० रुपैयाँ पुगेको छ।
यसअघि, मंगलबार (चैत १९ गते) सुनको भाउले नयाँ रेकर्ड बनाएको थियो, जब छापावाल सुन प्रतितोला १ लाख ७९ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो। तर, बुधबार भने यो मूल्य ६०० रुपैयाँले घट्दै १ लाख ७९ हजार १०० रुपैयाँमा झरेको थियो।
यता, चाँदीको मूल्य भने घटेको छ। आज चाँदी तोलामा १५ रुपैयाँले घटेर १ हजार ९९५ रुपैयाँ कायम भएको छ, जुन बुधबार २ हजार २० रुपैयाँ प्रति तोला रहेको थियो।
Share your thoughts to keep the conversation going.
Be the first to comment.