सुनको मूल्य अहिले सम्मकै उच्चतममा पुगेको छ, विश्लेषकहरुको अनुमान छ कि यो अझै बढ्न सक्छ।

काठमाडौं: अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य नयाँ उच्चतम स्तरमा पुगेको छ। चीनले अमेरिकी ट्यारिफको जवाफमा नयाँ शुल्क लगाउँदा लगानीकर्ताहरू सुरक्षित सम्पत्ति खोज्न थालेका छन्, जसका कारण सुनको माग र मूल्य दुवै बढेको रोयटर्सले जनाएको छ। बुधबार बिहान १०:४१ बजे सुनको मूल्य प्रतिऔंस ०.४९ प्रतिशत वृद्धि भई २८५४ डलरमा कारोबार भइरहेको थियो, जबकि अमेरिकी गोल्ड फ्यूचर्स २८८४ […]

काठमाडौं: अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य नयाँ उच्चतम स्तरमा पुगेको छ। चीनले अमेरिकी ट्यारिफको जवाफमा नयाँ शुल्क लगाउँदा लगानीकर्ताहरू सुरक्षित सम्पत्ति खोज्न थालेका छन्, जसका कारण सुनको माग र मूल्य दुवै बढेको रोयटर्सले जनाएको छ। बुधबार बिहान १०:४१ बजे सुनको मूल्य प्रतिऔंस ०.४९ प्रतिशत वृद्धि भई २८५४ डलरमा कारोबार भइरहेको थियो, जबकि अमेरिकी गोल्ड फ्यूचर्स २८८४ डलर पुगेको छ।

चीनले अमेरिकी आयातमा ट्यारिफ लागू गर्दै व्यापार युद्धलाई तीव्र पारेको छ। यस बीच अमेरिकी डलरमा सानो गिरावट आएको छ। आरजेओ फ्यूचर्सका वरिष्ठ रणनीतिकार बब हेबरकोर्नका अनुसार, “वर्तमान ट्यारिफसम्बन्धी घटनाक्रमले सुनको मूल्य वृद्धिमा मुख्य भूमिका खेलिरहेको छ, जबकि अन्य आर्थिक तथ्यांकहरूको प्रभाव सीमित छ।”

किट्को मेटल्सका विश्लेषक जिम वाइकाँफका अनुसार, “अमेरिकी बजारको अस्थिरताले केन्द्रीय बैंकहरूलाई अमेरिकी डलरमा निर्भरता घटाएर सुनको खरिद बढाउन प्रेरित गर्न सक्छ, जसले सुनको मूल्य प्रतिऔंस ३ हजार डलरसम्म पुग्न सक्छ।”

News Detail Ad 1
Comments

Join the discussion

Share your thoughts to keep the conversation going.

Be the first to comment.

SMS Pack Nepse Data Analytics Super Madi IPO Click Here Ajna L Stock Market Training MediQ
Just In