मङ्गलबारको तुलनामा आज (जेठ १५ गते) सुनको मूल्यमा गिरावट आएको छ भने चाँदीको मूल्यमा सामान्य वृद्धि देखिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुन प्रतितोला रु १,६०० ले घटेर रु १,८९,३०० मा कारोबार भइरहेको छ। यस्तै, तेजाबी सुनको मूल्य पनि सोही अनुपातमा घटेको छ। त्यसैगरी, चाँदीको मूल्य भने तोलामा रु १० ले वृद्धि […]
मङ्गलबारको तुलनामा आज (जेठ १५ गते) सुनको मूल्यमा गिरावट आएको छ भने चाँदीको मूल्यमा सामान्य वृद्धि देखिएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुन प्रतितोला रु १,६०० ले घटेर रु १,८९,३०० मा कारोबार भइरहेको छ। यस्तै, तेजाबी सुनको मूल्य पनि सोही अनुपातमा घटेको छ।
त्यसैगरी, चाँदीको मूल्य भने तोलामा रु १० ले वृद्धि भई आज प्रतितोला रु २,००५ मा पुगेको छ।
अन्तरराष्ट्रिय बजारमा आज सुनको मूल्य प्रतिऔँस ३,३२६ अमेरिकी डलर रहेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। अन्तरराष्ट्रिय बजारमा देखिएको मूल्य घटबढले नेपाली बजारमा पनि प्रभाव पारेको व्यवसायीहरू बताउँछन्।
Share your thoughts to keep the conversation going.
Be the first to comment.