सुनको मूल्य नयाँ उच्च विन्दुमा, एकैदिन तोलामा ४ हजार रुपैयाँले वृद्धि

काठमाडौं: सुनको मूल्यले आज नयाँ रेकर्ड कायम गरेको छ। नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार (चैत १ गते) छापावाल सुनको भाउ एकैदिन ४ हजार रुपैयाँले बढ्दै प्रतितोला १ लाख ७४ हजार ५०० रुपैयाँ पुगेको छ। यसअघि, फागुन १३ गते छापावाल सुन प्रतितोला १ लाख ७१ हजार ३०० रुपैयाँमा कारोबार हुँदै रेकर्ड कायम भएको थियो। बिहीबार […]

काठमाडौं: सुनको मूल्यले आज नयाँ रेकर्ड कायम गरेको छ। नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार (चैत १ गते) छापावाल सुनको भाउ एकैदिन ४ हजार रुपैयाँले बढ्दै प्रतितोला १ लाख ७४ हजार ५०० रुपैयाँ पुगेको छ।

यसअघि, फागुन १३ गते छापावाल सुन प्रतितोला १ लाख ७१ हजार ३०० रुपैयाँमा कारोबार हुँदै रेकर्ड कायम भएको थियो। बिहीबार भने यसको मूल्य १ लाख ७० हजार ५०० रुपैयाँ थियो।

नेपाल सुन-चाँदी व्यवसायी महासंघका प्रथम उपाध्यक्ष धर्मसुन्दर बज्राचार्यका अनुसार नेपाली बजारमा सुनको मूल्य वृद्धि बाह्य कारणले भएको हो। उनले अमेरिकी डलरको मूल्यवृद्धि, अन्तर्राष्ट्रिय राजनीतिक घटनाक्रमजस्ता कारकहरूले सुनको भाउ बढाएको बताए।

यस्तै, चाँदीको मूल्य पनि आज तोलामा २० रुपैयाँले वृद्धि भई २ हजार ५० रुपैयाँ पुगेको छ, जबकि बिहीबार यसको मूल्य २ हजार रुपैयाँ थियो।

News Detail Ad 1
Comments

Join the discussion

Share your thoughts to keep the conversation going.

Be the first to comment.

SMS Pack Nepse Data Analytics Super Madi IPO Click Here Ajna L Stock Market Training MediQ
Just In