नेपाली बजारमा सुन र चाँदी दुबैको मूल्यमा उल्लेख्य वृद्धि भएको छ। आज छापावाल सुनको मूल्य प्रतितोला ४०० रुपैयाँले बढेर १,९५,९०० रुपैयाँ पुगेको छ। अघिल्लो दिन यो मूल्य १,९५,५०० रुपैयाँ थियो।
त्यस्तै, चाँदीको मूल्यमा पनि तीव्र वृद्धि देखिएको छ। चाँदी प्रतितोला ६५ रुपैयाँले बढेर २,२२५ रुपैयाँमा कारोबार भइरहेको छ, जुन हालसम्मकै उच्च मूल्य हो। यसअघि चाँदीको मूल्य जेठ २७ गते २,१६५ रुपैयाँ थियो, जुन बुधबार २,१६० रुपैयाँमा झरेको थियो।
यो वृद्धिलाई अन्तर्राष्ट्रिय बजारको प्रभाव, मुद्रा स्फीति, र लगानीकर्ताको आकर्षणले टेवा दिएको मानिएको छ।












Be the first to comment.