सिन्धु विकास बैंकको एजीएम आज, ५० प्रतिशत हकप्रद निष्कासन मुख्य एजेन्डा

काठमाडौं : प्रदेशस्तरीय विकास बैंक सिन्धु विकास बैंकको दुई आर्थिक वर्षको वार्षिक साधारण सभा आज (फागुन २८ गते) बस्दैछ। सभा काभ्रेको धुलिखेलस्थित होटल मिरावलमा बिहान ११ बजेबाट सुरु हुने तय गरिएको छ। सभामा बैंकले हाल कायम चुक्ता पुँजीको ५० प्रतिशत हकप्रद सेयर बिक्री प्रस्ताव पेश गर्नेछ। यसअनुसार, बैंकले हालको चुक्ता पुँजीमा २:१ (प्रत्येक २ सेयरमा […]

काठमाडौं : प्रदेशस्तरीय विकास बैंक सिन्धु विकास बैंकको दुई आर्थिक वर्षको वार्षिक साधारण सभा आज (फागुन २८ गते) बस्दैछ। सभा काभ्रेको धुलिखेलस्थित होटल मिरावलमा बिहान ११ बजेबाट सुरु हुने तय गरिएको छ।

सभामा बैंकले हाल कायम चुक्ता पुँजीको ५० प्रतिशत हकप्रद सेयर बिक्री प्रस्ताव पेश गर्नेछ। यसअनुसार, बैंकले हालको चुक्ता पुँजीमा २:१ (प्रत्येक २ सेयरमा १ हकप्रद सेयर) अनुपातमा हकप्रद सेयर जारी गर्ने प्रस्ताव अघि बढाउने निर्णय गरेको छ।

नेपाल राष्ट्र बैंकको निर्देशनअनुसार प्रदेशस्तरीय विकास बैंकका लागि आवश्यक न्यूनतम चुक्ता पुँजी १ अर्ब २० करोड रुपैयाँ पुर्‍याउने उद्देश्यले बैंकले हकप्रद सेयर जारी गर्ने प्रस्ताव ल्याएको हो। हाल बैंकको चुक्ता पुँजी ५५ करोड ७४ लाख रुपैयाँ रहेको छ।

त्यसैगरी, सिन्धु विकास बैंक अन्य उपयुक्त बैंक वा वित्तीय संस्थासँग गाभ्ने–गाभिने वा प्राप्ति प्रक्रियाका लागि बैंकको चल–अचल सम्पत्ति, दायित्व तथा कारोबार मूल्यांकन गर्न मान्यता प्राप्त मूल्यांकनकर्ता नियुक्त गर्ने तयारीमा रहेको छ। यस क्रममा उपयुक्त बैंक वा वित्तीय संस्थासँग गाभ्ने–गाभिने प्रस्ताव समेत पेश गरिनेछ।

साथै, गाभ्ने–गाभिने वा प्राप्ति प्रक्रियासम्बन्धी समझदारी पत्र तयार पार्ने, आवश्यक कानुनी प्रक्रिया पूरा गर्ने र हस्ताक्षर गर्ने अधिकारी तोक्नेसहित सम्पूर्ण मर्जर वा प्राप्ति प्रक्रियाका लागि सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने एजेन्डा सभामा प्रस्तुत गरिनेछ।

यस साधारण सभा प्रयोजनका लागि बैंकले फागुन १५ गते नै बुक क्लोज गरिसकेको छ।

News Detail Ad 1
Comments

Join the discussion

Share your thoughts to keep the conversation going.

Be the first to comment.

SMS Pack Nepse Data Analytics Super Madi IPO Click Here Ajna L Stock Market Training MediQ
Just In