सिन्धु विकास बैंकले ५० प्रतिशत हकप्रद बिक्री गर्ने, मर्जरका लागि पनि खुला

सिन्धु विकास बैंकले हालको चुक्ता पुँजीको ५०% हकप्रद सेयर जारी गर्ने प्रस्ताव गरेको छ। साथै, उपयुक्त बैंक वा वित्तीय संस्थासँग गाभ्ने-गाभिने प्रक्रियाका लागि पहल गर्न साधारण सभा बोलाएको छ। फागुन २८ गते काभ्रे, धुलिखेलमा हुने साधारण सभामा हकप्रद सेयर जारी गरी चुक्ता पुँजी १ अर्ब २० करोड पुर्‍याउने प्रस्ताव पेश गरिनेछ। हाल बैंकको चुक्ता पुँजी […]

सिन्धु विकास बैंकले हालको चुक्ता पुँजीको ५०% हकप्रद सेयर जारी गर्ने प्रस्ताव गरेको छ। साथै, उपयुक्त बैंक वा वित्तीय संस्थासँग गाभ्ने-गाभिने प्रक्रियाका लागि पहल गर्न साधारण सभा बोलाएको छ।

फागुन २८ गते काभ्रे, धुलिखेलमा हुने साधारण सभामा हकप्रद सेयर जारी गरी चुक्ता पुँजी १ अर्ब २० करोड पुर्‍याउने प्रस्ताव पेश गरिनेछ। हाल बैंकको चुक्ता पुँजी ५५ करोड ७४ लाख रुपैयाँ छ।

त्यसैगरी, सम्भावित मर्जर वा प्राप्ति प्रक्रियाका लागि मूल्यांकनकर्ता नियुक्त गर्ने, समझदारीपत्र तर्जुमा गर्ने र आवश्यक कानुनी प्रक्रिया अघि बढाउन सञ्चालक समितिलाई अख्तियार प्रदान गर्ने निर्णय गरिएको छ।

News Detail Ad 1
Comments

Join the discussion

Share your thoughts to keep the conversation going.

Be the first to comment.

SMS Pack Nepse Data Analytics Super Madi IPO Click Here Ajna L Stock Market Training MediQ
Just In