सान्भि इनर्जीको आइपीओमा पर्यो २ अर्ब ३४ करोड रुपैयाँको आवेदन

काठमाडौं : सान्भि इनर्जी लिमिटेडको आईपीओमा २ अर्ब ३४ करोड ४८ लाख ३९ हजार रुपैयाँ बराबरको आवेदन परेको छ। सीडीएसका अनुसार आज अन्तिम दिन (जेठ १३ गते) बिहान १०ः०७ बजेसम्म १९ लाख २ हजार १८१ जना आवेदकले २ करोड ३४ लाख ४८ हजार ३९० कित्ता सेयरका लागि आवेदन दिएका छन्। यो सर्वसाधारणलाई निष्कासन गरिएको सेयरको […]

काठमाडौं : सान्भि इनर्जी लिमिटेडको आईपीओमा २ अर्ब ३४ करोड ४८ लाख ३९ हजार रुपैयाँ बराबरको आवेदन परेको छ। सीडीएसका अनुसार आज अन्तिम दिन (जेठ १३ गते) बिहान १०ः०७ बजेसम्म १९ लाख २ हजार १८१ जना आवेदकले २ करोड ३४ लाख ४८ हजार ३९० कित्ता सेयरका लागि आवेदन दिएका छन्।

यो सर्वसाधारणलाई निष्कासन गरिएको सेयरको आधारमा हेर्दा कुल आवेदन ९.७० गुणा बढी परेको हो। कम्पनीले शुक्रबार (जेठ ९ गते) देखि प्रतिकित्ता १०० रुपैयाँ दरमा २४ लाख १५ हजार ३०० कित्ता सेयर, अर्थात् २४ करोड १५ लाख ३० हजार रुपैयाँ बराबरको आईपीओ सर्वसाधारणका लागि खुला गरेको थियो।

यसअघि कम्पनीले आयोजनाबाट प्रभावित स्थानीयबासिन्दाका लागि ८ लाख ८० हजार कित्ता सेयर निष्कासन गरी बिक्री गरिसकेको छ, जुन कुल जारी पुँजी ८८ करोडको १० प्रतिशत हो। त्यस्तै, वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि २ लाख ९१ हजार कित्ता आईपीओ पनि निष्कासन गरिसकिएको छ।

सर्वसाधारणका लागि खुला गरिएको यस आईपीओमा आज (जेठ १३ गते) सम्म मात्र आवेदन दिन सकिनेछ। इच्छुक लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्मको लागि आवेदन दिन सक्ने छन्। आवेदन सी–आस्वा स्वीकृत बैंक तथा वित्तीय संस्था वा मेरो सेयरमार्फत दिन सकिने व्यवस्था गरिएको छ।

सान्भि इनर्जीलाई केयर रेटिङ्स नेपालले ‘CARE NP BB+ (Issuer Rating)’ प्रदान गरेको छ, जसले कम्पनीको समयमै वित्तीय दायित्व पूरा गर्ने क्षमतामा औसत जोखिम रहेको जनाउँछ। उक्त रेटिङ २०८१ पुस ११ गते दिइएको हो र २०८२ फागुन १५ गतेसम्म मान्य रहनेछ।

News Detail Ad 1
Comments

Join the discussion

Share your thoughts to keep the conversation going.

Be the first to comment.

SMS Pack Nepse Data Analytics Super Madi IPO Click Here Ajna L Stock Market Training MediQ
Just In