काठमाडौं, वैशाख ५ — सान्भि इनर्जी लिमिटेडले आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आइपीओ (IPO) बिक्री खुला गरेको छ। कम्पनीले जारी पुँजी ८८ करोड रुपैयाँको १० प्रतिशत बराबरको ८ करोड ८० लाख रुपैयाँ बराबरको सेयर बिक्री गर्दैछ। स्थानीयवासीका लागि विवरण: सेयर संख्या: ८ लाख ८० हजार कित्ता दर: प्रति कित्ता १०० […]
काठमाडौं, वैशाख ५ — सान्भि इनर्जी लिमिटेडले आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आइपीओ (IPO) बिक्री खुला गरेको छ। कम्पनीले जारी पुँजी ८८ करोड रुपैयाँको १० प्रतिशत बराबरको ८ करोड ८० लाख रुपैयाँ बराबरको सेयर बिक्री गर्दैछ।
सेयर संख्या: ८ लाख ८० हजार कित्ता
दर: प्रति कित्ता १०० रुपैयाँ
योग्य क्षेत्र:
ईलाम नगरपालिका–१० (पूर्वको गोदक गा.वि.स.का वडा १–९)
माईजोगमाई गाउँपालिका–१, ३, ४ (पूर्वका नयाँ बजार र नाम्सालिङ्ग गा.वि.स.)
सूर्योदय नगरपालिका–१० (पूर्व फिक्कल गा.वि.स. वडा ६–९)
सूर्योदय नगरपालिका–१ (पूर्व पञ्चकन्या गा.वि.स. वडा २, ६, ८)
आवेदन सीमा: न्यूनतम १० कित्ता, अधिकतम २०,००० कित्ता
आवेदन अवधि: छिटोमा वैशाख १९ गतेसम्म, सबै सेयर नबिकेमा जेठ ३ गतेसम्म खुला रहनेछ
सेयर संख्या: २ लाख ९१ हजार कित्ता
दर: प्रति कित्ता १०० रुपैयाँ
आवेदन सीमा: न्यूनतम २० कित्ता, अधिकतम २०,००० कित्ता
बिक्री अवधि: वैशाख ५ देखि वैशाख १९ गतेसम्म मात्र
केयर रेटिङ्स नेपालले सान्भि इनर्जीलाई CARE NP BB+ (Issuer Rating) प्रदान गरेको छ। यसले कम्पनीको वित्तीय दायित्व समयमा पुरा गर्ने क्षमता औसत स्तरमा रहेको संकेत गर्छ।
यदि तपाईं आयोजनाबाट प्रभावित क्षेत्रका स्थायी बासिन्दा वा वैदेशिक रोजगारीमा हुनुहुन्छ भने, यो आइपीओमा सहभागी भइ लगानीको अवसर लिन सकिनेछ।
Share your thoughts to keep the conversation going.
Be the first to comment.