काठमाडौं : सान्भि इनर्जी लिमिटेडले आज वैशाख ५ गतेदेखि आयोजना प्रभावित स्थानीयबासी र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि प्राथमिक सेयर (IPO) बिक्री खुला गरेको छ। कम्पनीले आफ्ना ८८ करोड रुपैयाँ चुक्ता पुँजीको १० प्रतिशत, अर्थात् ८ करोड ८० लाख रुपैयाँ बराबरको IPO आयोजना प्रभावित स्थानीयहरूलाई बिक्रीमा ल्याएको हो। यस अनुसार, ८ लाख ८० हजार कित्ता […]
काठमाडौं : सान्भि इनर्जी लिमिटेडले आज वैशाख ५ गतेदेखि आयोजना प्रभावित स्थानीयबासी र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि प्राथमिक सेयर (IPO) बिक्री खुला गरेको छ। कम्पनीले आफ्ना ८८ करोड रुपैयाँ चुक्ता पुँजीको १० प्रतिशत, अर्थात् ८ करोड ८० लाख रुपैयाँ बराबरको IPO आयोजना प्रभावित स्थानीयहरूलाई बिक्रीमा ल्याएको हो।
यस अनुसार, ८ लाख ८० हजार कित्ता सेयर प्रतिकित्ता १०० रुपैयाँ दरमा बिक्री गरिएको छ, जसमा स्थानीयहरूले आवेदन दिन सक्नेछन्।
IPO मा आवेदन दिन योग्य क्षेत्रहरू निम्नानुसार छन्:
ईलाम नगरपालिका वडा नं. १० (पूर्व गोदक गा.वि.स.का वडा नं. १ देखि ९)
माईजोगमाई गाउँपालिका वडा नं. १ (पूर्व नयाँ बजार गा.वि.स.का वडा नं. १–४ र ६–९)
माईजोगमाई गाउँपालिका वडा नं. ३ र ४ (पूर्व नाम्सालिङ गा.वि.स.का वडा नं. १–९ र नयाँ बजार गा.वि.स.को वडा नं. ५)
सूर्योदय नगरपालिका वडा नं. १० (पूर्व फिक्कल गा.वि.स.का वडा नं. ६–९)
सूर्योदय नगरपालिका वडा नं. १ (पूर्व पञ्चकन्या गा.वि.स.का वडा नं. २, ६, ८)
स्थानीयहरूले न्यूनतम १० कित्तादेखि अधिकतम २०,००० कित्तासम्म सेयरका लागि आवेदन दिन सक्नेछन्। आवेदन दिने अन्तिम मिति छिटोमा वैशाख १९ गते, तर सो अवधिमा सेयर पूर्ण रूपमा नबिकेमा जेठ ३ गतेसम्म खुला रहनेछ।
त्यस्तै, कम्पनीले वैशाख ५ गतेदेखि श्रम स्वीकृति प्राप्त वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि २ लाख ९१ हजार कित्ता IPO पनि खुला गरेको छ। उनीहरूले पनि १०० रुपैयाँ दरमा, न्यूनतम २० कित्तादेखि अधिकतम २०,००० कित्तासम्म आवेदन दिन सक्नेछन्।
विदेशबाट आवेदन दिन चाहने नेपालीहरूले सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था वा मेरो सेयर प्रयोग गरी आवेदन दिन सक्नेछन्। वैदेशिक रोजगारी समूहको लागि आवेदन वैशाख १९ गतेसम्म मात्र खुला रहनेछ।
केयर रेटिङ्स नेपालले सान्भि इनर्जीलाई CARE-NP BB+ (Issuer Rating) प्रदान गरेको छ, जसले कम्पनीको दायित्व समयमै पुरा गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्छ।
Share your thoughts to keep the conversation going.
Be the first to comment.