सानिमा जीआइसी इन्सुरेन्सको साधारण सभा आज, सेयरधनीलाई लाभांश प्रस्ता

काठमाडौं – सानिमा जीआइसी इन्सुरेन्स कम्पनीको वार्षिक साधारण सभा आज, चैत २१ गते बिहीबार, अमृतभोग कालिकास्थान, काठमाडौंमा बिहान ११ बजे सुरु हुँदैछ। सभामा सेयरधनीलाई ७.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.३९४७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गरिनेछ। साथै, छैटौं वार्षिक साधारण सभाले पारित गरेको २५ प्रतिशत हकप्रद सेयरलाई संशोधन गर्दै अब […]

काठमाडौं – सानिमा जीआइसी इन्सुरेन्स कम्पनीको वार्षिक साधारण सभा आज, चैत २१ गते बिहीबार, अमृतभोग कालिकास्थान, काठमाडौंमा बिहान ११ बजे सुरु हुँदैछ।

सभामा सेयरधनीलाई ७.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.३९४७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गरिनेछ। साथै, छैटौं वार्षिक साधारण सभाले पारित गरेको २५ प्रतिशत हकप्रद सेयरलाई संशोधन गर्दै अब १७ प्रतिशत मात्र हकप्रद सेयर जारी गर्ने विशेष प्रस्ताव पारित गरिनेछ।

त्यसैगरी, कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने, तथा आर्थिक वर्ष २०८०–८१ को वार्षिक प्रतिवेदन, नाफा–नोक्सान विवरण, र नगद प्रवाह सम्बन्धी छलफल गर्ने एजेन्डाहरू पनि सभामा समावेश छन्।

आर्थिक वर्ष २०८१–८२ का लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने विषय पनि छलफल गरिनेछ। साधारण सभा प्रयोजनका लागि कम्पनीले चैत ८ गते बुक क्लोज गरिसकेकोले, चैत ७ गतेसम्म कायम रहेका सेयरधनीहरू मात्र सभामा सहभागी हुन र प्रस्तावित लाभांश प्राप्त गर्न योग्य हुनेछन्।

News Detail Ad 1
Comments

Join the discussion

Share your thoughts to keep the conversation going.

Be the first to comment.

SMS Pack Nepse Data Analytics Super Madi IPO Click Here Ajna L Stock Market Training MediQ
Just In