सानिमा जीआईसी इन्सुरेन्सको नाफा वृद्धि, प्रतिसेयर आम्दानी समेत उकालो

काठमाडौं : सानिमा जीआइसी इन्सुरेन्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा १२ करोड १६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा १५.२५ प्रतिशतले बढी हो। गत वर्ष कम्पनीको नाफा १० करोड ५५ लाख रुपैयाँ थियो। यद्यपि, कम्पनीको लगानी तथा कर्जाबाट हुने आम्दानी २६.४१ प्रतिशतले घटेको छ। यो आम्दानी १३ करोड […]

काठमाडौं : सानिमा जीआइसी इन्सुरेन्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा १२ करोड १६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा १५.२५ प्रतिशतले बढी हो। गत वर्ष कम्पनीको नाफा १० करोड ५५ लाख रुपैयाँ थियो।

यद्यपि, कम्पनीको लगानी तथा कर्जाबाट हुने आम्दानी २६.४१ प्रतिशतले घटेको छ। यो आम्दानी १३ करोड १८ लाख रुपैयाँबाट घटेर ९ करोड ७० लाख रुपैयाँमा झरेको छ।

कमिसन आम्दानी भने १२ करोड ३९ लाख रुपैयाँबाट बढेर १५ करोड रुपैयाँ पुगेको छ।

हाल कम्पनीको चुक्ता पुँजी २ अर्ब रुपैयाँ छ, भने रिटेन्ड अर्निङ २३ करोड ७६ लाख रुपैयाँ रहेको छ। प्रतिसेयर आम्दानी १ रुपैयाँ ६१ पैसाले बढेर वार्षिक १२ रुपैयाँ १७ पैसा पुगेको छ। प्रतिसेयर नेटवर्थ १५२.७७ रुपैयाँ रहेको छ।

News Detail Ad 1
Comments

Join the discussion

Share your thoughts to keep the conversation going.

Be the first to comment.

SMS Pack Nepse Data Analytics Super Madi IPO Click Here Ajna L Stock Market Training MediQ
Just In