काठमाडौं: सानिमा रिलायन्स लाइफ इन्सुरेन्सले संस्थापक सेयरधनीको नाममा रहेका २ लाख ४९ हजार ७३३ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ। यी सेयर खरिदका लागि कम्पनीका हालका संस्थापक सेयरधनीसहित अन्य व्यक्ति वा संघ-संस्थाले पनि आवेदन दिन सक्नेछन्। सेयर खरिदमा इच्छुक व्यक्तिहरुले जेठ ३० गतेदेखि १५ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालय, नक्साल काठमाडौंमा आफूले कति कित्ता सेयर किन्न […]
काठमाडौं: सानिमा रिलायन्स लाइफ इन्सुरेन्सले संस्थापक सेयरधनीको नाममा रहेका २ लाख ४९ हजार ७३३ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ। यी सेयर खरिदका लागि कम्पनीका हालका संस्थापक सेयरधनीसहित अन्य व्यक्ति वा संघ-संस्थाले पनि आवेदन दिन सक्नेछन्।
सेयर खरिदमा इच्छुक व्यक्तिहरुले जेठ ३० गतेदेखि १५ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालय, नक्साल काठमाडौंमा आफूले कति कित्ता सेयर किन्न चाहन्छन् भन्ने विवरणसहित आवेदन दिनुपर्नेछ।
यसअघि सेयर बिक्री संस्थापक सेयरधनीलाई लक्षित गरी खुला गरिएको थियो, तर कुनै आवेदन नपरेपछि यसपटक अन्य लगानीकर्तालाई समेत आवेदन दिन मिल्ने व्यवस्था गरिएको कम्पनीले जनाएको छ।
Share your thoughts to keep the conversation going.
Be the first to comment.