काठमाडौं: सानिमा रिलायन्स लाइफ इन्सुरेन्सले आफ्ना सेयरधनीहरूको खातामा नगद लाभांश पठाउन सुरु गरेको छ। हालसम्म डिम्याट खातामा बैंक खाता अद्यावधिक गराएका सेयरधनीलाई कम्पनीले ८ प्रतिशत नगद लाभांश जम्मा गर्न थालेको जनाएको छ।
कम्पनीले अझै नगद लाभांश प्राप्त नगराएका सेयरधनीहरूलाई आफ्नो डिम्याट खाता तथा बैंक खाता अपडेट गर्न अनुरोध गरेको छ। खाता अद्यावधिक गरेपछि मात्र लाभांश प्राप्त हुनेछ।
यसअघि, कम्पनीको साधारण सभाले आर्थिक वर्ष २०८०–८१ को नाफाबाट ८ प्रतिशत नगद लाभांश र १.२५ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको थियो।












Be the first to comment.