साना किसान विकास लघुवित्तको नाफा १७.०१ प्रतिशतले वृद्धि, वितरणयोग्य मुनाफा १ अर्ब ५४ करोड पुग्यो

काठमाडौं : चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म साना किसान विकास लघुवित्त वित्तीय संस्थाले ५१ करोड ७७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जसले गत वर्षको यही अवधिको तुलनामा १७.०१% वृद्धि देखाएको छ। अघिल्लो वर्ष सो संस्थाले ४४ करोड २४ लाख रुपैयाँ नाफा कमाएको थियो। यस अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी भने २.२३% ले घटेर […]

काठमाडौं : चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म साना किसान विकास लघुवित्त वित्तीय संस्थाले ५१ करोड ७७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जसले गत वर्षको यही अवधिको तुलनामा १७.०१% वृद्धि देखाएको छ। अघिल्लो वर्ष सो संस्थाले ४४ करोड २४ लाख रुपैयाँ नाफा कमाएको थियो।

यस अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी भने २.२३% ले घटेर ९६ करोड ८१ लाख रुपैयाँ कायम भएको छ, जुन गत वर्ष ९९ करोड २ लाख रुपैयाँ थियो। साथै, साना किसानले ३ करोड ५ लाख रुपैयाँ बराबरको इम्पेयरमेन्ट चार्ज रिभर्स गरेको छ।

कम्पनीको सञ्चालन नाफा ६.७०% वृद्धि भएर ७५ करोड १७ लाख रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्ष ७० करोड ४५ लाख रुपैयाँ थियो। इम्पेयरमेन्ट चार्ज रिभर्स भएसँगै सञ्चालन नाफा बढ्दा कम्पनीको कुल नाफा वृद्धि भएको हो।

साना किसानको चुक्ता पुँजी १३.३०% ले बढेर ४ अर्ब ३१ करोड रुपैयाँ पुगेको छ, जबकि यसको जगेडा कोष ४ अर्ब ९ करोड रुपैयाँ रहेको छ। साथै, कम्पनीको वितरणयोग्य नाफा १ अर्ब ५४ करोड रुपैयाँ कायम भएको छ। प्रतिसेयर आम्दानी (EPS) थोरै वृद्धि भई २४.०१ रुपैयाँ पुगेको छ भने प्रतिसेयर नेटवर्थ २३१.१८ रुपैयाँ रहेको छ। तर, कम्पनीको खराब कर्जा दर २% बाट बढेर २.२७% पुगेको छ।

News Detail Ad 1
Comments

Join the discussion

Share your thoughts to keep the conversation going.

Be the first to comment.

SMS Pack Nepse Data Analytics IPO Click Here Ajna L Stock Market Training MediQ
Trending News
  • No trending articles available

Just In