सुन–चाँदी दुवैको भाउ घट्यो, कति छ आजको मूल्य ?

काठमाडौं: आज नेपाली बजारमा सुनको मूल्य तोलामा ७०० रुपैयाँले घटेको छ। नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार, बुधबार छापावाल सुनको भाउ घटेर प्रतितोला १ लाख ८८ हजार १०० रुपैयाँमा निर्धारण गरिएको छ। मंगलबार यो मूल्य १ लाख ८८ हजार ८०० रुपैयाँ थियो। चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला ५ रुपैयाँ घटेर १ हजार ९६५ […]

काठमाडौं: आज नेपाली बजारमा सुनको मूल्य तोलामा ७०० रुपैयाँले घटेको छ। नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार, बुधबार छापावाल सुनको भाउ घटेर प्रतितोला १ लाख ८८ हजार १०० रुपैयाँमा निर्धारण गरिएको छ। मंगलबार यो मूल्य १ लाख ८८ हजार ८०० रुपैयाँ थियो।

चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला ५ रुपैयाँ घटेर १ हजार ९६५ रुपैयाँमा कारोबार भइरहेको छ, जुन मंगलबार १ हजार ९७० रुपैयाँ थियो।

अन्तर्राष्ट्रिय बजारमा हाल सुनको मूल्य प्रतिऔंस ३,३०७.७८ डलर र चाँदी प्रतिऔंस ३२.७९ डलरमा कारोबार भइरहेको छ।

News Detail Ad 1
Comments

Join the discussion

Share your thoughts to keep the conversation going.

Be the first to comment.

SMS Pack Nepse Data Analytics Super Madi IPO Click Here Ajna L Stock Market Training MediQ
Just In