सन नेपाल लाइफ इन्सुरेन्सले २७ प्रतिशत हकप्रद सेयर जारी गर्न तोक्यो बुक क्लोज मिति

काठमाडौं : सन नेपाल लाइफ इन्सुरेन्सले २७ प्रतिशत हकप्रद सेयर बिक्रीका लागि बुक क्लोज मिति वैशाख ५ गते तोकेको छ। कम्पनीको निर्णय अनुसार, वैशाख ४ गतेसम्म नाममा सेयर कायम रहेका सेयरधनीहरूले मात्र हकप्रद सेयर भर्न सक्नेछन्। नेपाल धितोपत्र बोर्डले कम्पनीलाई १ः०.२७ अनुपातमा १ करोड ६ लाख ९६ हजार ३२० कित्ता हकप्रद सेयर निष्कासन गर्न अनुमति […]

काठमाडौं : सन नेपाल लाइफ इन्सुरेन्सले २७ प्रतिशत हकप्रद सेयर बिक्रीका लागि बुक क्लोज मिति वैशाख ५ गते तोकेको छ। कम्पनीको निर्णय अनुसार, वैशाख ४ गतेसम्म नाममा सेयर कायम रहेका सेयरधनीहरूले मात्र हकप्रद सेयर भर्न सक्नेछन्।

नेपाल धितोपत्र बोर्डले कम्पनीलाई १ः०.२७ अनुपातमा १ करोड ६ लाख ९६ हजार ३२० कित्ता हकप्रद सेयर निष्कासन गर्न अनुमति दिइसकेको छ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले कुल १ अर्ब ६ करोड ९६ लाख ३२ हजार रुपैयाँ बराबरको सेयर जारी गर्नेछ।

हाल कम्पनीको चुक्ता पुँजी ३ अर्ब ९६ करोड १६ लाख रुपैयाँ रहेको छ, जसले हकप्रद सेयर जारी भएपछि ५ अर्ब ३ करोड १२ लाख ३२ हजार रुपैयाँमा पुग्नेछ। यस हकप्रद सेयरको बिक्री प्रबन्धकको जिम्मा नेपाल एसबीआई मर्चेन्ट बैंकिङलाई दिइएको छ।

News Detail Ad 1
Comments

Join the discussion

Share your thoughts to keep the conversation going.

Be the first to comment.

SMS Pack Nepse Data Analytics Super Madi IPO Click Here Ajna L Stock Market Training MediQ
Just In