सन नेपाल लाइफ इन्सुरेन्सको हकप्रद सेयर सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं : सन नेपाल लाइफ इन्सुरेन्सको २७ प्रतिशत हकप्रद सेयर सुरक्षित गर्ने अन्तिम म्याद आज वैशाख ४ गते, बिहीबार हो। कम्पनीले वैशाख ५ गते बुक क्लोज गर्ने भएकाले, आजसम्म सेयरधनी रहेका लगानीकर्ताहरूले मात्र हकप्रद सेयर भर्न सक्नेछन्। कम्पनीले १:०.२७ अनुपातमा कुल १ करोड ६ लाख ९६ हजार ३२० कित्ता हकप्रद सेयर बिक्री गर्न लागेको हो। […]

काठमाडौं : सन नेपाल लाइफ इन्सुरेन्सको २७ प्रतिशत हकप्रद सेयर सुरक्षित गर्ने अन्तिम म्याद आज वैशाख ४ गते, बिहीबार हो। कम्पनीले वैशाख ५ गते बुक क्लोज गर्ने भएकाले, आजसम्म सेयरधनी रहेका लगानीकर्ताहरूले मात्र हकप्रद सेयर भर्न सक्नेछन्।

कम्पनीले १:०.२७ अनुपातमा कुल १ करोड ६ लाख ९६ हजार ३२० कित्ता हकप्रद सेयर बिक्री गर्न लागेको हो। प्रत्येक सेयरको मूल्य १०० रुपैयाँ तोकिएको छ, जसअनुसार कम्पनीले १ अर्ब ६ करोड ९६ लाख ३२ हजार रुपैयाँ बराबरको पूँजी संकलन गर्नेछ।

हाल कम्पनीको चुक्ता पूँजी ३ अर्ब ९६ करोड १६ लाख रुपैयाँ रहेको छ भने हकप्रद सेयर जारी भएपछि यो बढेर ५ अर्ब ३ करोड १२ लाख ३२ हजार रुपैयाँ पुग्नेछ। यस हकप्रद सेयरको बिक्री प्रबन्धकको भूमिका नेपाल एसबीआई मर्चेन्ट बैंकिङले निर्वाह गर्नेछ।

News Detail Ad 1
Comments

Join the discussion

Share your thoughts to keep the conversation going.

Be the first to comment.

SMS Pack Nepse Data Analytics Super Madi IPO Click Here Ajna L Stock Market Training MediQ
Just In