सन नेपाल लाइफ इन्सुरेन्सले वैशाख ३० गतेदेखि हकप्रद सेयर जारी गर्ने

काठमाडौं: सन नेपाल लाइफ इन्सुरेन्सले वैशाख ३० गतेदेखि २७ प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको छ। कम्पनीले १ः०.२७ अनुपातमा १ करोड ६ लाख ९६ हजार ३२० कित्ता हकप्रद सेयर बिक्री गर्न लागेको हो। प्रति सेयर १०० रुपैयाँको दरले कुल १ अर्ब ६ करोड ९६ लाख ३२ हजार रुपैयाँ बराबरको हकप्रद सेयर निष्कासन गरिनेछ। कम्पनीले हकप्रद […]

काठमाडौं: सन नेपाल लाइफ इन्सुरेन्सले वैशाख ३० गतेदेखि २७ प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको छ। कम्पनीले १ः०.२७ अनुपातमा १ करोड ६ लाख ९६ हजार ३२० कित्ता हकप्रद सेयर बिक्री गर्न लागेको हो। प्रति सेयर १०० रुपैयाँको दरले कुल १ अर्ब ६ करोड ९६ लाख ३२ हजार रुपैयाँ बराबरको हकप्रद सेयर निष्कासन गरिनेछ।

कम्पनीले हकप्रद सेयर बिक्रीका लागि वैशाख ५ गते बुक क्लोज गरिसकेको छ। त्यसैले वैशाख ४ गतेसम्म कायम रहेका सेयरधनीहरूले मात्र यो हकप्रद सेयरमा आवेदन दिन सक्नेछन्। आवेदन दिने अन्तिम म्याद जेठ १९ गतेसम्म रहनेछ।

सन नेपालको हकप्रद सेयरको बिक्री व्यवस्थापन नेपाल एसबीआई मर्चेन्ट बैंकिङले गर्नेछ। लगानीकर्ताहरूले बिक्री प्रबन्धकको कार्यालयसँगै सन नेपाल लाइफको केन्द्रीय तथा क्षेत्रीय कार्यालयहरूबाट पनि आवेदन दिन सक्नेछन्।

हाल कम्पनीको चुक्ता पुँजी ३ अर्ब ९६ करोड १६ लाख रुपैयाँ रहेको छ। हकप्रद सेयर निष्कासनपछि यो बढेर ५ अर्ब ३ करोड १२ लाख ३२ हजार रुपैयाँ पुग्नेछ।

News Detail Ad 1
Comments

Join the discussion

Share your thoughts to keep the conversation going.

Be the first to comment.

SMS Pack Nepse Data Analytics Super Madi IPO Click Here Ajna L Stock Market Training MediQ
Just In