काठमाडौं : सन नेपाल लाइफ इन्सुरेन्सले आगामी वैशाख ३० गतेदेखि २७ प्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ। कम्पनीले १ः०.२७ अनुपातमा कुल १ करोड ६ लाख ९६ हजार ३२० कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको हो। प्रत्येक कित्ता १०० रुपैयाँ अंकित मूल्यमा हुने यस सेयर बिक्रीबाट कम्पनीले कुल १ अर्ब ६ करोड ९६ लाख ३२ […]
काठमाडौं : सन नेपाल लाइफ इन्सुरेन्सले आगामी वैशाख ३० गतेदेखि २७ प्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ। कम्पनीले १ः०.२७ अनुपातमा कुल १ करोड ६ लाख ९६ हजार ३२० कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको हो।
प्रत्येक कित्ता १०० रुपैयाँ अंकित मूल्यमा हुने यस सेयर बिक्रीबाट कम्पनीले कुल १ अर्ब ६ करोड ९६ लाख ३२ हजार रुपैयाँ संकलन गर्नेछ। हकप्रद सेयर बिक्रीको लागि कम्पनीले वैशाख ५ गते बुक क्लोज गरिसकेको छ, जसअनुसार वैशाख ४ गतेसम्म नाम रहेको सेयरधनीले मात्र आवेदन दिन सक्नेछन्।
यस हकप्रद सेयरमा आवेदन दिने अन्तिम म्याद जेठ १९ गतेसम्म तोकिएको छ। हकप्रद सेयर बिक्रीका लागि नेपाल एसबीआई मर्चेन्ट बैंकिङ बिक्री प्रबन्धकका रूपमा रहनेछ। लगानीकर्ताले नेपाल एसबीआई मर्चेन्ट बैंकिङसँगै सन नेपाल लाइफ इन्सुरेन्सको केन्द्रीय तथा क्षेत्रीय कार्यालयहरूबाट पनि आवेदन दिन सक्नेछन्।
हाल कम्पनीको चुक्ता पुँजी ३ अर्ब ९६ करोड १६ लाख रुपैयाँ रहेको छ भने हकप्रद सेयर निष्कासनपछि यो पुँजी बढेर ५ अर्ब ३ करोड १२ लाख ३२ हजार रुपैयाँ पुग्नेछ।
Share your thoughts to keep the conversation going.
Be the first to comment.