काठमाडौं : सन नेपाल लाइफ इन्सुरेन्सले हकप्रद सेयरमा आवेदन दिने अवधि असार ३ गतेसम्मका लागि थप गरेको छ। यसअघि कम्पनीले जेठ १९ गतेसम्म आवेदन दिन सकिने जनाएको थियो। तर, तोकिएको समयमा अपेक्षित संख्यामा आवेदन नपरेपछि म्याद थप गरिएको हो। कम्पनीले वैशाख ३० गतेदेखि २७ प्रतिशत हकप्रद सेयर बिक्री खुला गरेको हो। १ः०.२७ को अनुपातमा जारी […]
काठमाडौं : सन नेपाल लाइफ इन्सुरेन्सले हकप्रद सेयरमा आवेदन दिने अवधि असार ३ गतेसम्मका लागि थप गरेको छ। यसअघि कम्पनीले जेठ १९ गतेसम्म आवेदन दिन सकिने जनाएको थियो। तर, तोकिएको समयमा अपेक्षित संख्यामा आवेदन नपरेपछि म्याद थप गरिएको हो।
कम्पनीले वैशाख ३० गतेदेखि २७ प्रतिशत हकप्रद सेयर बिक्री खुला गरेको हो। १ः०.२७ को अनुपातमा जारी गरिएको यो हकप्रदमा कुल १ करोड ६ लाख ९६ हजार ३२० कित्ता सेयर रहेको छ। बिक्री प्रयोजनका लागि कम्पनीले वैशाख ५ गते बुक क्लोज गरेको थियो, जसअनुसार वैशाख ४ गतेसम्म सेयरधनी रहेका लगानीकर्ताले मात्र आवेदन दिन सक्नेछन्।
यस हकप्रद सेयरको बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङ रहेको छ। लगानीकर्ताले कम्पनीका केन्द्रीय तथा क्षेत्रीय कार्यालयहरू र बिक्री प्रबन्धकमार्फत आवेदन दिन सक्नेछन्।
हाल सन नेपालको चुक्ता पुँजी ३ अर्ब ९६ करोड १६ लाख रुपैयाँ छ। हकप्रद सेयर जारीपश्चात यो पुँजी बढेर ५ अर्ब ३ करोड १२ लाख ३२ हजार रुपैयाँ पुग्नेछ।
Share your thoughts to keep the conversation going.
Be the first to comment.