सप्तकोशी डेभलपमेन्ट बैंकको नोक्सानी घट्यो, रिजर्भ कोषमा २८ करोड रुपैयाँ जम्मा

काठमाडौं: सप्तकोशी डेभलपमेन्ट बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा २ करोड ९९ लाख रुपैयाँ नोक्सान भोगेको छ। गत वर्षको यसै अवधिमा बैंकको नोक्सानी ११ करोड ९१ लाख रुपैयाँ थियो। खराब कर्जा केही घटेपछी नोक्सानी कम भएको हो। यस अवधिमा बैंकले करिब ३ करोड रुपैयाँ सञ्चालन घाटा देखेको छ। बैंकको खुद ब्याज आम्दानी भने ५७.५१ प्रतिशतले […]

काठमाडौं: सप्तकोशी डेभलपमेन्ट बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा २ करोड ९९ लाख रुपैयाँ नोक्सान भोगेको छ। गत वर्षको यसै अवधिमा बैंकको नोक्सानी ११ करोड ९१ लाख रुपैयाँ थियो। खराब कर्जा केही घटेपछी नोक्सानी कम भएको हो। यस अवधिमा बैंकले करिब ३ करोड रुपैयाँ सञ्चालन घाटा देखेको छ।

बैंकको खुद ब्याज आम्दानी भने ५७.५१ प्रतिशतले बढेको छ। खराब कर्जा १४.१६ प्रतिशतबाट घटेर ११.४२ प्रतिशतमा झरेको छ। बैंकको चुक्ता पुँजी ८३ करोड ४३ लाख रुपैयाँ रहेको छ। असोज मसान्तसम्म यसको रिजर्भ कोष ९ प्रतिशतले बढेर २८ करोड ३५ लाख रुपैयाँ पुगेको छ।

बैंकको प्रतिसेयर आम्दानी ७ रुपैयाँ १७ पैसा (वार्षिक) ऋणात्मक रहेको छ, र प्रतिसेयर नेटवर्थ ७६ रुपैयाँ ९३ पैसा रहेको छ।

Comments

Join the discussion

Share your thoughts to keep the conversation going.

Be the first to comment.

SMS Pack Nepse Data Analytics Super Madi IPO Click Here Stock Market Training
Just In