काठमाडौं : सप्तकोशी डेभलपमेन्ट बैंकले आज (जेठ १९ गते)देखि ४० हजार कित्ता संस्थापक सेयर लिलामीमार्फत बिक्री खुला गरेको छ। यस लिलामीमा बैंकका संस्थापक सेयरधनीहरूका साथै अन्य व्यक्ति, कम्पनी तथा संघ–संस्थाहरूले समेत आवेदन दिन सक्नेछन्। इच्छुक लगानीकर्ताले न्यूनतम ११० रुपैयाँ वा सोभन्दा बढी मूल्य उल्लेख गरी गोप्य शिलबन्दी बोलपत्रमार्फत आवेदन दिनुपर्नेछ। लिलामी सेयरमा आवेदन दिने अन्तिम […]
काठमाडौं : सप्तकोशी डेभलपमेन्ट बैंकले आज (जेठ १९ गते)देखि ४० हजार कित्ता संस्थापक सेयर लिलामीमार्फत बिक्री खुला गरेको छ।
यस लिलामीमा बैंकका संस्थापक सेयरधनीहरूका साथै अन्य व्यक्ति, कम्पनी तथा संघ–संस्थाहरूले समेत आवेदन दिन सक्नेछन्। इच्छुक लगानीकर्ताले न्यूनतम ११० रुपैयाँ वा सोभन्दा बढी मूल्य उल्लेख गरी गोप्य शिलबन्दी बोलपत्रमार्फत आवेदन दिनुपर्नेछ।
लिलामी सेयरमा आवेदन दिने अन्तिम म्याद जेठ २५ गतेसम्म रहेको छ। आवेदन सिटिजन्स क्यापिटल, बाटुलेघर डिल्लीबजार, काठमाडौंमा पुग्ने गरी बुझाउनुपर्नेछ।
Share your thoughts to keep the conversation going.
Be the first to comment.