सोपान फर्मास्यूटिकल्स लिमिटेडले आज (चैत ९ गते) देखि प्राथमिक शेयर (आईपीओ) निष्काशन तथा बिक्री खुला गरेको छ। कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई लक्षित गर्दै आईपीओ बिक्री सुरु गरेको हो। कम्पनीले जारी पूँजी १ अर्ब ७१ करोड ६० लाख रुपैयाँको २५ प्रतिशत बराबर ४२ करोड ९० लाख रुपैयाँ मूल्यका ४२ लाख ९० हजार कित्ता […]
सोपान फर्मास्यूटिकल्स लिमिटेडले आज (चैत ९ गते) देखि प्राथमिक शेयर (आईपीओ) निष्काशन तथा बिक्री खुला गरेको छ। कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई लक्षित गर्दै आईपीओ बिक्री सुरु गरेको हो।
कम्पनीले जारी पूँजी १ अर्ब ७१ करोड ६० लाख रुपैयाँको २५ प्रतिशत बराबर ४२ करोड ९० लाख रुपैयाँ मूल्यका ४२ लाख ९० हजार कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको छ। यसमध्ये १० प्रतिशत अर्थात ४ लाख २९ हजार कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि छुट्याइएको छ।
यसका साथै, कुल निष्काशनमध्ये ५ प्रतिशत (२ लाख १४ हजार ५०० कित्ता) सामूहिक लगानी कोषका लागि र ४ प्रतिशत (१ लाख ७१ हजार ६०० कित्ता) कम्पनीका कर्मचारीहरूका लागि सुरक्षित गरिएको छ। बाँकी ३४ लाख ७४ हजार ९०० कित्ता शेयर भने सर्वसाधारणका लागि सार्वजनिक निष्काशन गरिनेछ।
लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ११ हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले चैत १२ गतेसम्म आवेदन दिन सक्नेछन्। सो अवधिमा पूर्ण आवेदन नपरेमा निष्काशन अवधि चैत २३ गतेसम्म लम्बिने व्यवस्था गरिएको छ।
आईपीओको निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ। आवेदन दिन इच्छुक लगानीकर्ताले ‘मेरो शेयर’ प्रणालीमार्फत सि–आस्बा प्रयोग गरी स्वीकृत बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सक्नेछन्।
रेटिङ्गतर्फ, केयर रेटिङ्ग नेपालले कम्पनीलाई “CARE-NP B Issuer Rating” प्रदान गरेको छ, जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ।
वित्तीय सूचकअनुसार, कम्पनीको साधारण लगानी फिर्ता अवधि ८.११ वर्ष र डिस्काउण्टेड फिर्ता अवधि ११.३५ वर्ष रहेको छ। कम्पनीको आन्तरिक प्रतिफल दर (IRR) २३.६३ प्रतिशत रहेको छ भने खुद वर्तमान मूल्य (NPV) १५ अर्ब ९७ करोड रुपैयाँभन्दा बढी रहेको छ।
Share your thoughts to keep the conversation going.
Be the first to comment.